नेभिगेशन
मुख्य समाचार

रसुवा बाढीपछि स्वास्थ्य मन्त्रालयले गर्‍यो आपतकालीन प्रणाली सक्रिय

काठमाडौं । रसुवामा आएको बाढीबाट हुन सक्ने मानवीय क्षतिलाई ध्यानमा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य आपतकालीन प्रणाली सक्रिय बनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयले बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई सतर्क अवस्थामा राख्दै घाइतेको उपचार तथा आवश्यक परे तत्काल अन्य अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाएको जनाएको छ।

Ncell
Extreme Energy

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीका अनुसार बाढीको सूचना पाएलगत्तै बुधबार बिहानदेखि मन्त्रालयले आपतकालीन तयारी थालेको हो। प्रभावित क्षेत्रका स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ भने मन्त्रालयअन्तर्गतको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टरसमेत सक्रिय पारिएको छ।

‘बिहानदेखि काममा जुटिसकेका छौँ। स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई जानकारी गराइसकेका छौँ। हाम्रो हब–स्याटेलाइट अस्पतालको नेटवर्क सक्रिय गरिएको छ,’ अधिकारीले भने।

उनका अनुसार रसुवा तथा आसपासका स्वास्थ्य संस्थामा प्राथमिक उपचार र बिरामीको अवस्था पहिचान गर्ने ‘ट्रायज’को व्यवस्था गरिनेछ। स्थानीयस्तरमा उपचार सम्भव नभएका गम्भीर घाइतेलाई हब अस्पतालमा रेफर गरी थप उपचार गर्ने गरी विपद् कार्ययोजना कार्यान्वयनमा ल्याइएको छ।

मन्त्रालयले वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालसहित काठमाडौंका प्रमुख हब अस्पताललाई सम्भावित गम्भीर घाइतेको उपचारका लागि तयारी अवस्थामा राखेको छ।

प्रभावित क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थाबाट रेफर भएर आउने बिरामीलाई काठमाडौंका ठूला अस्पतालमा व्यवस्थापन गर्ने तयारी गरिएको प्रवक्ता अधिकारीले बताए।

रसुवा अस्पताल, धुन्चे अस्पताल, त्रिशूली अस्पताल तथा आसपासका स्थानीय तहका स्वास्थ्य संस्थाबीच समन्वय गरी बिरामीको अवस्था हेरेर स्थानीयस्तरमै उपचार गर्ने वा माथिल्लो तहको अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

‘यस्ता विपद्का घटनाका लागि पहिले नै कार्ययोजना बनेका छन्। हरेक अस्पतालको आफ्नै विपद् कार्ययोजना हुन्छ। स्थानीय अस्पतालबाट उपचार सम्भव नभए हब अस्पतालमा रेफर गर्ने र त्यहाँबाट गम्भीर बिरामीको व्यवस्थापन गर्ने प्रणाली अहिले सक्रिय गरिएको छ,’ अधिकारीले भने।

बाढीबाट गम्भीर घाइते भएर काठमाडौं आइपुगेका बिरामीको यकिन विवरण भने तत्काल उपलब्ध भइसकेको छैन।

प्रवक्ता अधिकारीका अनुसार घाइते तथा प्रभावितको विवरण संकलन र अद्यावधिक गर्ने काम भइरहेको छ। थप विवरण प्राप्त भएपछि सार्वजनिक गरिने उनले बताए।

‘अहिलेसम्म आइपुगेका गम्भीर घाइतेको विवरण पूर्ण रूपमा अद्यावधिक भइसकेको छैन। विवरण आएपछि बेलुकासम्म अपडेट गर्छौँ,’ उनले भने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रसुवा भेलबाढीमा ३९४ जना पर्यटक सम्पर्कविहीन

रसुवा भेलबाढीमा ३९४ जना पर्यटक सम्पर्कविहीन

भोटेकोशी नदीमा आएको भीषण भेलबाढीमा हालसम्म ३९४ जना पर्यटक सम्पर्कविहीन भएका छन् । सरकारी निकायले सिधाकुरालाई दिएको जानकारीअनुसार सम्पर्कविहीन हुनेमा २९१ जना विदेशी नागरिक छन् । ९३ स्वदेशी...
रसुवा विपत्तिबारे चिनियाँ निकायले भन्यो– हिमपहिरो झरेर थुनिएको खोला एक्कासि फुट्दा भेलबाढी

रसुवा विपत्तिबारे चिनियाँ निकायले भन्यो– हिमपहिरो झरेर थुनिएको खोला एक्कासि फुट्दा भेलबाढी

रसुवा बाढीबारे चिनियाँ निकायले राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमताल विस्फोटका कारण नभइ हिमपहिरो झरेर खोला थुनिएको सूचना पठाएको छ ।
डब्लुएचओले एक हजार जनालाई पुग्ने औषधि र स्वास्थ्य उपकरण दिने

डब्लुएचओले एक हजार जनालाई पुग्ने औषधि र स्वास्थ्य उपकरण दिने

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीका पीडितलाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ ।
रसुवा बाढी : १२ जलविद्युत् आयोजनामा क्षति, ४३१ मेगावाट बिजुली उत्पादन प्रभावित

रसुवा बाढी : १२ जलविद्युत् आयोजनामा क्षति, ४३१ मेगावाट बिजुली उत्पादन प्रभावित

रसुवामा आएको भीषण बाढीबाट यस क्षेत्रका १२ जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।