नेभिगेशन
समाज

नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा दुई दिन निःशुल्क सेवा दिने

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा टेलिफोन, एसएमएस र इन्टरनेट सेवा निःशुल्क गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा तत्काल निःशुल्क टेलिफोन तथा इन्टरनेट सेवा उपलब्ध गराउन निर्देशन दिएपछि टेलिकमले सेवा निःशुल्क गरेको हो।

Ncell
Extreme Energy

नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार प्रभावित क्षेत्रका सेवाग्राहीलाई दुई दिनसम्म अनलिमिटेड भ्वाइस सेवा, दैनिक २ जीबी डाटा र ५० वटा एसएमएस निःशुल्क उपलब्ध गराइनेछ।

बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउन टेलिकमले एसएमएसमार्फत निरन्तर सूचना पठाइरहेको छ।

टेलिकमका अनुसार बाढीका कारण रसुवामा दुई र नुवाकोटमा पाँच गरी सातवटा टावरमा क्षति पुगेको प्रारम्भिक विवरण छ। क्षतिग्रस्त टावर तथा दूरसञ्चार सेवा मर्मतका लागि नेपाल टेलिकमको टोली प्रभावित क्षेत्रमा परिचालन भइसकेको छ।

यसैबीच, बाढी प्रभावितको उद्धार, राहत तथा खोजीमा परिचालन हुने हेलिकप्टरका लागि आवश्यक हवाई इन्धन उपलब्ध गराउन नेपाल आयल निगमले नुवाकोटको त्रिशूलीमा ट्यांकरसहितको टोली परिचालन गरेको छ। काठमाडौंमा 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा भेलबाढीमा ३९४ जना पर्यटक सम्पर्कविहीन

रसुवा भेलबाढीमा ३९४ जना पर्यटक सम्पर्कविहीन

भोटेकोशी नदीमा आएको भीषण भेलबाढीमा हालसम्म ३९४ जना पर्यटक सम्पर्कविहीन भएका छन् । सरकारी निकायले सिधाकुरालाई दिएको जानकारीअनुसार सम्पर्कविहीन हुनेमा २९१ जना विदेशी नागरिक छन् । ९३ स्वदेशी...
रसुवा विपत्तिबारे चिनियाँ निकायले भन्यो– हिमपहिरो झरेर थुनिएको खोला एक्कासि फुट्दा भेलबाढी

रसुवा विपत्तिबारे चिनियाँ निकायले भन्यो– हिमपहिरो झरेर थुनिएको खोला एक्कासि फुट्दा भेलबाढी

रसुवा बाढीबारे चिनियाँ निकायले राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमताल विस्फोटका कारण नभइ हिमपहिरो झरेर खोला थुनिएको सूचना पठाएको छ ।
डब्लुएचओले एक हजार जनालाई पुग्ने औषधि र स्वास्थ्य उपकरण दिने

डब्लुएचओले एक हजार जनालाई पुग्ने औषधि र स्वास्थ्य उपकरण दिने

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीका पीडितलाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ ।
रसुवा बाढी : १२ जलविद्युत् आयोजनामा क्षति, ४३१ मेगावाट बिजुली उत्पादन प्रभावित

रसुवा बाढी : १२ जलविद्युत् आयोजनामा क्षति, ४३१ मेगावाट बिजुली उत्पादन प्रभावित

रसुवामा आएको भीषण बाढीबाट यस क्षेत्रका १२ जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।