नेभिगेशन
मुख्य समाचार

रसुवामा बाढीपहिरोले दुई पालिकामा ठूलो क्षति, कार्यालय र स्वास्थ्य चौकी बगे

रसुवा । रसुवामा आएको बाढीपहिरोले उत्तरगया र गोसाइँकुण्ड गाउँपालिकामा ठूलो क्षति पुर्‍याएको छ। बाढीले पालिकाका कार्यालय भवन, वडा कार्यालय, स्वास्थ्य चौकी तथा स्थानीयका घर बगाएको छ भने केही कर्मचारी र स्थानीय सम्पर्कविहीन भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्राप्त विवरणअनुसार उत्तरगया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम उप्रेती सामान्य घाइते भएका छन्। बाढीले गाउँपालिकाको कार्यालय भवन, वडा नम्बर १ को कार्यालय र स्वास्थ्य चौकी बगाएको छ। घटनापछि पाँच जना कर्मचारी तथा स्थानीय सम्पर्कविहीन रहेको जनाइएको छ। गाउँपालिका क्षेत्रका धेरै घर तथा बजारमा समेत क्षति पुगेको अनुमान गरिएको छ।

Ncell
Extreme Energy

गोसाइँकुण्ड गाउँपालिकामा पनि बाढीले ठूलो क्षति पुर्‍याएको छ। प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराई भने काठमाडौँमा रहेकाले सुरक्षित छन्। बाढीले गाउँपालिकाको कार्यालय भवन, कर्मचारी आवास, वडा नम्बर ५ को कार्यालय र स्वास्थ्य चौकी बगाएको छ।

स्याफ्रुबेँसी बजारमा मात्रै करिब ५० घर बाढीले बगाएको प्रारम्भिक विवरण प्राप्त भएको छ। त्यहाँ कार्यरत केही कर्मचारी र स्थानीय सम्पर्कविहीन रहेको जनाइएको छ। पाँच–छ जना कर्मचारी तथा स्थानीयबाहेक अन्यको अवस्था तत्काल यकिन हुन नसकेको बताइएको छ।

रसुवाका नौकुण्ड, कालिका र आमाछोदिङ्मो गाउँपालिकामा भने बाढीको ठूलो असर नरहेको विवरण प्राप्त भएको छ। ती पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू सुरक्षित रहेको जनाइएको छ।

बाढीपहिरोबाट भएको क्षतिको विस्तृत विवरण संकलन हुन बाँकी रहेको छ। सम्पर्कविहीन कर्मचारी तथा स्थानीयको खोजी, उद्धार र क्षतिको यकिन विवरण संकलनका लागि सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भोटेकोशी भेलबाढीमा मृत्यु हुनेको संख्या ८ पुग्यो

भोटेकोशी भेलबाढीमा मृत्यु हुनेको संख्या ८ पुग्यो

बुधबार आएको भोटेकोशी भेलबाढीमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ।
सबै काम छाडेर सरकार युद्धस्तरमा उद्धार र राहतमा लाग्नुपर्छ : कांग्रेस सांसद केसी

सबै काम छाडेर सरकार युद्धस्तरमा उद्धार र राहतमा लाग्नुपर्छ : कांग्रेस सांसद केसी

कांग्रेस सांसद अर्जुननरसिंह केसीले रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा खट्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
रसुवा भेलबाढीमा ३९४ जना पर्यटक सम्पर्कविहीन

रसुवा भेलबाढीमा ३९४ जना पर्यटक सम्पर्कविहीन

भोटेकोशी नदीमा आएको भीषण भेलबाढीमा हालसम्म ३९४ जना पर्यटक सम्पर्कविहीन भएका छन् । सरकारी निकायले सिधाकुरालाई दिएको जानकारीअनुसार सम्पर्कविहीन हुनेमा २९१ जना विदेशी नागरिक छन् । ९३ स्वदेशी...

भर्खरै