नेभिगेशन
समाज

रसुवा विपत्तिबारे चिनियाँ निकायले भन्यो– हिमपहिरो झरेर थुनिएको खोला एक्कासि फुट्दा भेलबाढी

काठमाडौं । रसुवा बाढीबारे चिनियाँ निकायले राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमताल विस्फोटका कारण नभइ हिमपहिरो झरेर खोला थुनिएको सूचना पठाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढी पूर्वानुमान महाशाखाका वरिष्ठ जलविद् विनोद पराजुलीका अनुसार तिब्बती निकायले हिमताल विस्फोट नभइ हिमपहिरो झरेर थुनिएको खोला एक्कासि फुटेको बताएको जानकारी दिए ।

Ncell
Extreme Energy

‘रसुवा बाढीको कारणबारे करिब टुंगो लागेको छ । चिनियाँ निकायले हामीलाई हिमपहिरो झरेर खोला थुनिएको र एक्कासि खोलिँदा बाढी आएको जानकारी दिएको छ,’ उनले भने ।

उनले नेपाल–चीन सिमानबाट करिब पाँच–सात किलोमिटर माथि माथिल्लो जलाधारमा हिमपहिरो गएको हुनसक्ने चिनियाँ पक्षले औंल्याइको बताए । यद्यपि यसको पुष्टि हुन बाँकी छ ।
यो ल्हेन्दे खोलाकै जलाधार क्षेत्र हो ।

जहाँ अघिल्लो वर्ष पनि भेलबाढी गएको थियो । अघिल्लो वर्ष सुप्राग्यासियर लेक विस्फोट भएको क्षेत्र आसपास नै हिमपहिरो खसेको बताए ।

उनले फेरि पनि भेलबाढीको जोखिम रहेको बताए ।

‘जहाँ हिमपहिरो झरेको हो । त्यहाँ केही परिमाण (ताल) अझै बाँकी रहेको भन्ने सूचना छ,’ उनले भने, ‘हामीले फेरि सूचना जारी गर्दैछौं ।’

उनले तटीय क्षेत्र बाढीको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आवश्यक रहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा बाढीपछि बसेको मन्त्रिपरिषदका यी हुन् १० निर्णय

रसुवा बाढीपछि बसेको मन्त्रिपरिषदका यी हुन् १० निर्णय

सरकारले रसुवाको रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।
सरकार राहत, पुनर्स्थापना र पुननिर्माणमा लाग्नुपर्छ : एमाले सांसद कँडेल

सरकार राहत, पुनर्स्थापना र पुननिर्माणमा लाग्नुपर्छ : एमाले सांसद कँडेल

एमाले सांसद पुष्पराज कँडेलले सरकार राहत, पुनर्स्थापना र पुननिर्माणमा लाग्नुपर्ने बताएका छन् ।
चिनियाँ विज्ञले भने–भोटेकोशी बाढीमा तापक्रम वृद्धिको प्रभाव हुनसक्छ

चिनियाँ विज्ञले भने–भोटेकोशी बाढीमा तापक्रम वृद्धिको प्रभाव हुनसक्छ

रसुवाको भोटेकोशी नदीमा आएको भेलबाढीमा उच्च तापक्रमको प्रभाव हुनसक्ने चिनियाँ विज्ञहरूले बताएका छन्।