नेभिगेशन
समाज

चिनियाँ विज्ञले भने–भोटेकोशी बाढीमा तापक्रम वृद्धिको प्रभाव हुनसक्छ

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भेलबाढीमा उच्च तापक्रमको प्रभाव हुनसक्ने चिनियाँ विज्ञले बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्राध्यापक वाङ वेइकाईको भनाइ उद्धृत गर्दै विश्लेषक डिबी कट्टेलले अहिले हिमपहिरो गएको स्थान यसअघि नै अहिमताल विस्फोट वा हिमनदी भत्किन सक्ने सम्भावित स्थानका रुपमा पहिचान गरिएको बताए ।

Ncell
Extreme Energy

 तिब्बतको शिगात्से सहरस्थित जिलोङ बन्दरगाह क्षेत्रमा पछिल्ला १० दिनको तापक्रम र वर्षाको अवस्थासमेत विश्लेषण गरिएको छ।

उक्त विवरणमा सो क्षेत्रमा तापक्रम उच्च रहे पनि वर्षा भने कम भएको देखिएको छ।

विश्लेषणअनुसार भोटेकोशी क्षेत्रमा आएको बाढीमा वर्षाभन्दा तापक्रम वृद्धिको प्रभाव बढी हुनसक्ने देखिएको छ। गत वर्ष पनि सोही आसपासको तिब्बततर्फको उत्तरी क्षेत्रमा हिमताल फुटेको घटनालाई समेत यससँग जोडेर हेरिएको छ।

विशेषज्ञहरूले हिमताल तथा हिमनदीको अवस्थाका कारण अचानक नदीको बहाव बढ्न सक्ने भएकाले भोटेकोशी र आसपासका क्षेत्रमा थप सतर्कता आवश्यक रहेको बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियरसहितका ६० कर्मचारी सम्पर्कविहीन भएका छन् ।
उद्धारको पर्खाइमा रहेकालाई प्राधिकरणले भन्यो– धुवाँ निकालेर सङ्केत गर्नू

उद्धारको पर्खाइमा रहेकालाई प्राधिकरणले भन्यो– धुवाँ निकालेर सङ्केत गर्नू

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई आफू रहेको स्थानबाट आगोको धुवाँ निकालेर उद्धार टोलीलाई सङ्केत गर्न आग्रह गरेको छ।
वेपत्ता नागरिकको उद्धार र खोजीको लागि राज्यको सम्पूर्ण सामर्थ्य प्रयोग गर्नुपर्छ : सांसद युवराज दुलाल

वेपत्ता नागरिकको उद्धार र खोजीको लागि राज्यको सम्पूर्ण सामर्थ्य प्रयोग गर्नुपर्छ : सांसद युवराज दुलाल

नेकपाका प्रमुख सचेतक युवराज दुलालले शिघ्र उद्धार र खोजीको लागि राज्यको सम्पूर्ण सामर्थ्य प्रयोग गर्ने बताएका छन् ।
संसद् बैठकपछि रास्वपा सचिवालय बैठक बस्दै

संसद् बैठकपछि रास्वपा सचिवालय बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजको संसद् बैठक सकिएलगत्तै पार्टी सचिवालय बैठक बोलाएको छ ।