नेभिगेशन
समाज

उद्धारको पर्खाइमा रहेकालाई प्राधिकरणले भन्यो– धुवाँ निकालेर सङ्केत गर्नू

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई आफू रहेको स्थानबाट आगोको धुवाँ निकालेर उद्धार टोलीलाई सङ्केत गर्न आग्रह गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्ला प्रभावित भएपछि खोज तथा उद्धार कार्य तीव्र पारिएको प्राधिकरणले जनाएको छ।

Ncell
Extreme Energy

उद्धारको पर्खाइमा रहेका व्यक्तिले आफू रहेको वा बसेको स्थानबाट उद्धार टोलीको ध्यानाकर्षण गराउन धुवाँको सङ्केत प्रयोग गर्न सक्ने प्राधिकरणले जनाएको हो।

यसैबीच, बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि हेलिकप्टर तथा ड्रोन उपलब्ध गराउन सम्बन्धित सङ्घसंस्थालाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरी सहयोग गर्न प्राधिकरणले आग्रह गरेको छ।

प्राधिकरणले वायुसेवा सञ्चालक सङ्घ नेपाल, नेपाल ड्रोन सङ्घलगायत हेलिकप्टर र ड्रोनसँग सम्बन्धित सबै सङ्घसंस्थालाई उद्धार कार्यमा सहयोग गर्न विशेष अनुरोध गरेको जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानतर्फ जान, सम्भावित जोखिमबाट सतर्क रहन तथा उद्धार टोलीसँग समन्वय गर्न पनि प्राधिकरणले आग्रह गरेको छ।

प्राधिकरणका उपसचिव एवं प्रवक्ता शान्ति महतले बाढी प्रभावित जिल्लामा खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीको जोखिमपछि सुस्ता गाउँ खाली गराइँदै

भोटेकोशी बाढीको जोखिमपछि सुस्ता गाउँ खाली गराइँदै

भोटेकोशी नदीमा आएको भीषण बाढीको प्रभाव नारायणी नदी हुँदै नवलपरासीसम्म पर्न सक्ने जोखिम बढेपछि सुस्ता गाउँ खाली गराउन थालिएको छ।
पर्यटन बोर्डले भन्यो– भोटेकोशी बाढीमा ३८४ पर्यटक सम्पर्कविहीन नै छन्

पर्यटन बोर्डले भन्यो– भोटेकोशी बाढीमा ३८४ पर्यटक सम्पर्कविहीन नै छन्

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीपछि ३८४ पर्यटक सम्पर्कविहीन भएका छन्।
कांग्रेसले स्थगित गर्यो पूर्वनिर्धारित सबै कार्यक्रम

कांग्रेसले स्थगित गर्यो पूर्वनिर्धारित सबै कार्यक्रम

नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने निर्णय गरेको छ ।
रसुवाको बाढी : उद्धार गरी ल्याइएका १३ जनाको काठमाडौँमा उपचार हुँदै

रसुवाको बाढी : उद्धार गरी ल्याइएका १३ जनाको काठमाडौँमा उपचार हुँदै

रसुवामा बुधबार बिहान आएको बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौँ ल्याइएका १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।