नेभिगेशन
समाज

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियरसहितका ६० कर्मचारी सम्पर्कविहीन भएका छन् । रसुवाको भोटेकोशी नदीमा आएको बाढीको कारणले सो जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी सम्पर्कविहीन भएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लाङटाङ जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालका सचिव विजयमोहन भट्टराईले आयोजनामा कार्यरत इन्जिनियरसहित ६० जना कर्मचारी सम्पर्कविहीन भएकाले खोजी कार्य गर्न सरकारसँग माग गरेका छन् । 

Ncell
Extreme Energy

‘आयोजनाको सुरुङको क्रङ्क्रिट ढलानको काम भइरहेको थियो । सो कार्यमा ६० भन्दा धेरै कर्मचारी सम्पर्कविहीन भइरहनुभएको छ । त्यसैले खोजी गर्नका लागि सरकारसँग अनुरोध गर्दछु”, उनले भने, ‘बाढीले जलविद्युत् आयोजनाको संरचनामा गम्भीर क्षति पुर्‍याएको छ ।’ उनले नदीसतहभन्दा १० मिटरमाथि रहेको सुरुङमा समेत असर पारेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चार जिल्लामा १७ जनाको शव फेला, ७ जिल्ला प्रभावित

चार जिल्लामा १७ जनाको शव फेला, ७ जिल्ला प्रभावित

भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । प्रहरीले चार जिल्लामा १७ जनाको शव फेला परेको जनाएको छ ।
भोटेकोशी बाढीको जोखिमपछि सुस्ता गाउँ खाली गराइँदै

भोटेकोशी बाढीको जोखिमपछि सुस्ता गाउँ खाली गराइँदै

भोटेकोशी नदीमा आएको भीषण बाढीको प्रभाव नारायणी नदी हुँदै नवलपरासीसम्म पर्न सक्ने जोखिम बढेपछि सुस्ता गाउँ खाली गराउन थालिएको छ।
पर्यटन बोर्डले भन्यो– भोटेकोशी बाढीमा ३८४ पर्यटक सम्पर्कविहीन नै छन्

पर्यटन बोर्डले भन्यो– भोटेकोशी बाढीमा ३८४ पर्यटक सम्पर्कविहीन नै छन्

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीपछि ३८४ पर्यटक सम्पर्कविहीन भएका छन्।
कांग्रेसले स्थगित गर्यो पूर्वनिर्धारित सबै कार्यक्रम

कांग्रेसले स्थगित गर्यो पूर्वनिर्धारित सबै कार्यक्रम

नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने निर्णय गरेको छ ।