नेभिगेशन
समाज

२५ घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइयो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार चार जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनका अनुसार ट्रमा सेन्टरमा नुवाकोट विदुर नगरपालिका–५ का भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल र रिहाना लामिछानेको उपचार भइरहेको छ ।

Ncell
Extreme Energy

त्यसैगरी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा रसुवा गोसाइँकुण्डका दावा डोल्माको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा नुवाकोट विदुर नपा–३ का तेजबहादुर तामाङ, रसुवा गोसाइँकुण्ड–५ का पेम्वा तामाङ, ठेगाना नखुलेका कुशल मगर, कार्की थपका एक पुरुष, नाम थर बताउन नसक्ने एक पुरुष, सिन्धुपालचोकका मीनबहादुर श्रेष्ठ, सल्यानका गिरीलाल बुढाथोकी, सिन्धुपाल्चोक बाह्रबिसे–५ का रुपक रोका, सुजन बस्नेत, अशोक श्रेष्ठ र सुशान्त श्रेष्ठ, जाजरकोटका बलबहादुर घर्ती मगरको उपचार भइरहेको छ । गोरखा टिमुरे गोसाइकुण्ड– ७ का कामु नगरकोटीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । नगरकोटीको साथमा तीन महिनाको नाबालक शिशु समेत साथमा रहेको जनाइएको छ ।

प्रहरीका अनुसार टिमुरे गोसाइकुण्ड–७ का प्रेमदोर्जे घले, नेमा दोर्जे घले, फुर्प लामा (ठेगाना नखुलेको), बर्दिया जीतपुरका रामप्रसाद थारु, रसुवा बेत्रावती गाउँपालिका–५ का सुराची राना मगर र भक्तपुर चांगुनारायण नगरपालिका–१ का रिता दोचाको पनि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

त्यसैगरी निजी क्षेत्रअन्तर्गत कैलाश हेलिकप्टरले रसुवा–टिचिङ अस्पतालमा पाँच जना, सिम्रिकले रसुवाबाट तीन, जना, अन्नपूर्ण रसुवाबाट टिचिङ अस्पतालमा चार जनाको उद्धार गरेका छन् ।
स्याटेलाइट तस्बिरले देखायो रसुवागढी नजिक हिम–चट्टान पहिरोपछि ल्हेन्दे खोलामा बाढी

स्याटेलाइट तस्बिरले देखायो रसुवागढी नजिक हिम–चट्टान पहिरोपछि ल्हेन्दे खोलामा बाढी

प्लानेट ल्याबका स्याटेलाइट तस्बिरको प्रारम्भिक विश्लेषणले रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल–चीन सीमामा गएको हिम–चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्य्रानसहितको बाढी आएको देखाएको छ।
मोदीले बालेनलाई भने– सम्भावित सबै मानवीय सहयोग गर्न भारत तयार छ

मोदीले बालेनलाई भने– सम्भावित सबै मानवीय सहयोग गर्न भारत तयार छ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी प्रभावित नेपालीहरुलाई सहयोग गर्न भारत तयार रहेको बताएका छन् ।
भारत, चीन र विश्व बैंकले सोधे– कस्तो सहयोग कहाँ पठाऊँ ?

भारत, चीन र विश्व बैंकले सोधे– कस्तो सहयोग कहाँ पठाऊँ ?

नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न सरकारसँग भारत, चीन र विश्व बैंकले समन्वय गरेका छन्