नेभिगेशन
समाज
भोटेकोशी बाढी

९५ शव भेटियो, ७ सयभन्दा बढी सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अहिलेसम्म ९५ जनाको शव फेला परेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अुनसार साँझ ७ बजेसम्म विभिन्न स्थानमा गरी ९५ जनाको शव फेला परेको हो । उनीहरुको पहिचान भने हुन सकेको छैन ।

Ncell
Extreme Energy

बुधबार बिहान ८ः४० बजे भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण प्रभावित क्षेत्रमा कार्यरत ४४ जना नेपाली सेना, विभिन्न प्रहरी चौकीमा कार्यरत २८ प्रहरी र सशस्त्र प्रहरी बल नेपालका १३ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन् ।

त्यसैगरी प्रभावित क्षेत्रमा ३९१ जना विदेशी र ९३ जना स्वदेशी पर्यटकहरू सम्पर्कविहीन छन्। प्रभावित क्षेत्रका विभिन्न विद्युत आयोजनामा कार्यरत ६० जना कर्मचारी सम्पर्कबिहीन भएको पनि प्रधानमन्त्रीको कार्यालय जनाएको छ ।

रसुवागढी भन्सार कार्यालय र अध्यागमन कार्यालयलगायतका केही कर्मचारी पनि सम्पर्कविहीन छन् । सम्पर्कविहीन कर्मचारीको संख्या अझै यकिन हुन सकेको छैन ।

बाढीले १९ वटा मोटरेबल पुल र ४० किलोमिटर सडक बगाएको छ ।

सरकारले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन जारी रहेको पनि जनाएको छ ।

बाढीको असर रसुवा, नुवाकोट, धादिङ, चितवन, तनहुँ, गोर्खा र पूर्वी नवलपरासी गरी ७ जिल्लामा परेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवागढी भन्सारका १५ कर्मचारी बेपत्ता

रसुवागढी भन्सारका १५ कर्मचारी बेपत्ता

अर्थमन्त्रालयका अनुसार रसुवागढी भन्सारका १५ कर्मचारीसँग सम्पर्क हुन सकेको छैन । त्यस बाहेक अन्य घाइते कर्मचारीलाई उपचारकालागि काठमाडौँ ल्याइएको छ ।
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

प्रवक्ता जगदिश खरेलकाअनुसार सभापति लामिछानेको आह्वानमा भोलि विहान ९ बजे रास्वपा संसदीय दलको कार्यालयमा सर्वदलीय बैठक बस्दैछ ।
रास्वपाले बाढीपीडितका लागि ५० लाख दिने, ‘र्‍याट’ परिचालन गर्ने

रास्वपाले बाढीपीडितका लागि ५० लाख दिने, ‘र्‍याट’ परिचालन गर्ने

साथै, प्रभावित क्षेत्रमा उद्धार र राहतमा सघाउन पार्टीका समिति, सदस्य तथा शुभचिन्तकलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी र्‍यापिड याक्सन टिम (र्‍याट) मार्फत सक्रिय परिचालन गर्ने निर्णय...
भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

सम्पर्कविहीन हुनेमा २०३ पुरुष र २०० महिला रहेका छन् । बेपत्ता हुनेमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । हालसम्म भारतका १३३, अमेरिकाका ४७, अष्ट्रेलियाका ३४ जना, संयुक्त...