नेभिगेशन
क्रिकेट

एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

काठमाडौँ । मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जित निकालेको छ । आज भएको खेलमा उत्कृष्ट बलिङको मद्दतमा नेपालले मलेसियाविरुद्ध २७ रनको जित निकालेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालले पहिलो खेलमा मलेसियालाई नौ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको मलेसियाको पारी ४०.१ ओभरमा एक सय ४१ रनमा समेटियो ।

Ncell
Extreme Energy

मलेसियाका लागि अकिल वाहिदले १०८ बलमा ६ चौकासहित सर्वाधिक ५६ रन बनाए । बलिङतर्फ नेपालका लागि ललितनारायण राजवंशीले तीन, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र कप्तान सन्दीप लामिछानेले दुई÷दुई तथा हेमन्त धामीले एक विकेट लिए ।

त्यसअघि सेलानगोर क्लबको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४१।४ ओभरमा सबै विकेट गुमाएर एक  सय ७० रन बनायो । नेपालका लागि रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेले । उनले ८६ बलमा तीन चौका र तीन छक्काको मद्दतमा ६१ रन बनाए । यस्तै, गुलशनकुमार झाले ६० बलमा चार चौका र तीन छक्कासहित ४५ रन बनाए । सन्दीप लामिछानेले १३ तथा आसिफ शेख र अर्जुन कुमालले समान १०–१० रन जोडे ।

बलिङतर्फ मलेसियाका लागि अकील वाहिदले चार ओभरमा ३६ रन खर्चेर चार विकेट लिए ।

नेपाल र मलेसियाले एसिसी प्रिमियर कपको तयारीस्वरूप अभ्यास खेलमा प्रतिस्पर्धा गरेका हुन् । आसन्न संस्करणको प्रिमियर कप यही भदौ १४ गतेदेखि मलेसियामा आयोजना हुँदैछ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । समूह चरणमा नेपालले बहराइन, मलेसिया, साउदी अरेबिया र हङकङविरुद्ध खेल्नेछ । नेपालले पहिलो खेल यही भदौ १५ गते खेल्ने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप क्रिकेट
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।