नेभिगेशन
क्रिकेट

एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

काठमाडौँ । मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जित निकालेको छ । आज भएको खेलमा उत्कृष्ट बलिङको मद्दतमा नेपालले मलेसियाविरुद्ध २७ रनको जित निकालेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालले पहिलो खेलमा मलेसियालाई नौ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको मलेसियाको पारी ४०.१ ओभरमा एक सय ४१ रनमा समेटियो ।

Extreme Energy

मलेसियाका लागि अकिल वाहिदले १०८ बलमा ६ चौकासहित सर्वाधिक ५६ रन बनाए । बलिङतर्फ नेपालका लागि ललितनारायण राजवंशीले तीन, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र कप्तान सन्दीप लामिछानेले दुई÷दुई तथा हेमन्त धामीले एक विकेट लिए ।

त्यसअघि सेलानगोर क्लबको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४१।४ ओभरमा सबै विकेट गुमाएर एक  सय ७० रन बनायो । नेपालका लागि रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेले । उनले ८६ बलमा तीन चौका र तीन छक्काको मद्दतमा ६१ रन बनाए । यस्तै, गुलशनकुमार झाले ६० बलमा चार चौका र तीन छक्कासहित ४५ रन बनाए । सन्दीप लामिछानेले १३ तथा आसिफ शेख र अर्जुन कुमालले समान १०–१० रन जोडे ।

बलिङतर्फ मलेसियाका लागि अकील वाहिदले चार ओभरमा ३६ रन खर्चेर चार विकेट लिए ।

नेपाल र मलेसियाले एसिसी प्रिमियर कपको तयारीस्वरूप अभ्यास खेलमा प्रतिस्पर्धा गरेका हुन् । आसन्न संस्करणको प्रिमियर कप यही भदौ १४ गतेदेखि मलेसियामा आयोजना हुँदैछ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । समूह चरणमा नेपालले बहराइन, मलेसिया, साउदी अरेबिया र हङकङविरुद्ध खेल्नेछ । नेपालले पहिलो खेल यही भदौ १५ गते खेल्ने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप क्रिकेट
इजरायलमा २७ वर्षपछि धेरै मतदानको रेकर्ड, तर नेतन्याहूको पार्टीलाई धक्का !

इजरायलमा २७ वर्षपछि धेरै मतदानको रेकर्ड, तर नेतन्याहूको पार्टीलाई धक्का !

इजरायलमा मङ्गलबार सम्पन्न आमनिर्वाचनमा ७७.७ प्रतिशतको ऐतिहासिक मतदान भएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार सन् १९९९ पछिकै यो सबैभन्दा उच्च मतदान प्रतिशत हो।
'अर्नब' चक्रवातको देशैभरी प्रभाव : गृहले जारी गर्‍यो ९ बुँदे सर्कुलर

'अर्नब' चक्रवातको देशैभरी प्रभाव : गृहले जारी गर्‍यो ९ बुँदे सर्कुलर

बंगालको खाडीमा रहेको 'अर्नब' चक्रवातको प्रभावका कारण कार्तिक १२ गते (बिहीबार), कार्तिक १३ गते (शुक्रबार) र कार्तिक १४ गते (शनिबार) सबैजसो प्रदेश प्रभावित हुने पूर्वानुमान छ।
एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन ऊर्जामन्त्री श्रेष्ठ बैंककमा

एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन ऊर्जामन्त्री श्रेष्ठ बैंककमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ थाइल्याण्डको राजधानी बैंकक आइपुगेका छन् ।
पछिल्लो महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

पछिल्लो महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको छ ।