नेभिगेशन
समाज

रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

काठमाडौँ । रसुवामा बुधबारको बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौँ ल्याइएकामध्ये २३ जनाको अहिले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बाढीमा परी घाइते भएकामध्ये उद्धार गरी काठमाडौँ ल्याइएकामध्ये १८ जनाको राष्ट्रिय ट्रमा सेन्टर र पाँच जनाको वीर अस्पतालमा उपचार भइरहेको छ । उपचाररत सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Marvel
Extreme Energy

बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी काठमाडौँ ल्याइएका घाइतेको उपचारसँगै उहाँहरूका आफन्तको खोजी तथा अवस्थाबारे जानकारी लिने क्रम पनि जारी छ । घाइतेका आफन्तजन उपचाररत अस्पतालमा पुगेर आफ्ना परिवारका सदस्यको अवस्थाबारे जानकारी लिई रहनुभएको छ । यस क्रममा वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आफन्तजनको भीड लागेको छ ।

बाढीमा परी घाइते भएका तथा सम्पर्कविहीन भएका व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले दुवै अस्पतालमा नेपाल प्रहरी नागरिक सहायता कक्ष स्थापना गरेको छ । सहायता कक्षमा घाइतेको अवस्थाबारे जानकारी लिन आउने तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

वीर अस्पतालमा रहेको नागरिक सहायता कक्षका अनुसार त्यहाँ उपचाररत पाँच जनामध्ये रसुवा–१ घर भएका ३८ वर्षीय विराजमान तामाङको स्वास्थ्य अवस्थामा सुधार आएपछि आज उपचारपश्चात् डिस्चार्ज गर्ने तयारी भइरहेको छ । उहाँको अवस्था अहिले सामान्य रहेको जनाइएको छ ।

यसैगरी, वीर अस्पतालमै उपचाररत करिब ८० वर्षीया एक वृद्धाको भने हालसम्म पहिचान खुल्न सकेको छैन । उहाँका साथमा परिचय खुल्ने कागजात वा अन्य विवरण नभएको तथा हालसम्म आफन्तसमेत सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । प्रहरीले उहाका आफन्त वा चिन्ने व्यक्तिले सम्बन्धित सहायता कक्षमा सम्पर्क गरी आवश्यक जानकारी दिन आग्रह गरेको छ ।

बाढीबाट उद्धार गरिएका घाइतेको हातखुट्टा, टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । केही घाइतेलाई सामान्यदेखि मध्यम प्रकृतिका चोटपटक लागेको र उनीहरूलाई चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

रसुवाको भोटेकोशी क्षेत्रमा बुधबार बिहान आएको बाढीका कारण ठूलो क्षति भएको छ । बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्र बनाइएको छ । घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याउने क्रम पनि जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्तिको पहिचान तथा अवस्थाबारे विवरण सङ्कलन गर्ने काम भइरहेको छ । उद्धार गरिएका तथा उपचारका लागि काठमाडौँ ल्याइएका व्यक्तिका आफन्तले सम्बन्धित अस्पतालमा स्थापना गरिएको नागरिक सहायता कक्षमार्फत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ ।

प्रहरीले विपद्का समयमा अपुष्ट सूचना तथा हल्लाको पछि नलागी आधिकारिक निकायबाट प्राप्त सूचनामात्र विश्वास गर्न आग्रह गरेको छ । बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतको कामलाई निरन्तरता दिइएको छ भने घाइतेको उपचारमा आवश्यक समन्वय भइरहेको सम्बन्धित निकायले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ...
‘नेपाल-जापान सम्बन्धको आगामी ७० वर्षलाई शिक्षा, नवप्रवर्तन र सहकार्यमा केन्द्रित गर्नुपर्छ’: परराष्ट्रमन्त्री खनाल

‘नेपाल-जापान सम्बन्धको आगामी ७० वर्षलाई शिक्षा, नवप्रवर्तन र सहकार्यमा केन्द्रित गर्नुपर्छ’: परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री खनालले अहिले जापानमा तीन लाखभन्दा बढी नेपाली बसोबास गरिरहेको र गत वर्ष जापानमा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपाली विद्यार्थी दोस्रो ठूलो समूहका रूपमा रहेको उल्लेख गर्दै यसले...
एनपिएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल

एनपिएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल

प्रतियोगिताका १३ खेल सम्पन्न हुँदा नेपाली खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै व्यक्तिगत प्रदर्शनमा आफूलाई अब्बल साबित गरिरहेका छन् । यसअघिका संस्करणमा सुरुआती चरणदेखि विदेशी खेलाडीको प्रदर्शनले बढी चर्चा...