नेभिगेशन
समाज

सरकारी कर्मचारीको १० दिनसम्मकाे पारिश्रमिक  उद्धार कोषमा जम्मा गरिने

काठमाडौँ । सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको सचिवस्तरीय बैठकले विपद्बाट भएको ठूलो जनधनको क्षतिपश्चात् राहत तथा पुनःस्थापना कार्यमा राष्ट्रसेवकहरूका तर्फबाट योगदान गर्ने उद्देश्यले उक्त निर्णय गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जसअनुसार श्रेणीविहीन कर्मचारीबाट मासिक सुरु तलबस्केलको दुई दिनको तबल, राजपत्र अनङ्कित वा सो सरहका कर्मचारीबाट पाँच दिनको, राजपत्राङ्कित तृतीय र द्वितीय श्रेणी वा सो सरहका कर्मचारीबाट सात दिनको र राजपत्राङ्कित प्रथम श्रेणी र विशिष्ट श्रेणीका कर्मचारीबाट १० दिन बराबरको भदौ महिनाको तलब/पारिश्रमिक कट्टा रकम कोषमा जम्मा गरिनेछ । यसका लागि सङ्घीय सरकारका कर्मचारीबाट उद्धार कोषमा करिब रु ३६ करोड योगदान हुनेछ ।

Marvel
Extreme Energy

साथै प्रदेश तथा स्थानीय तह र सबै सार्वजनिक निकायमा कार्यरत कर्मचारीलाई समेत यसै बमोजिम तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगका लागि योगदान गर्न आह्वान पनि गर्ने बैठकले निर्णय गरेको छ । बाढीबाट प्रभावित ठाउँमा रहेका व्यक्तिहरूको खोज, उद्धार, राहत, अस्थायी आवासलगायत कार्यलाई उच्च प्राथमिकताका साथ समन्वयात्मक रूपमा अगाडि बढाउने पनि बैठकले निर्णय गरेको छ ।

 बैठकले विपद् व्यवस्थापनसम्बन्धी कार्यलाई चुस्त, प्रभावकारी बनाउन सबै मन्त्रालय तथा निकायले आफ्ना स्रोत, साधन तथा जनशक्ति तत्कालका साथ परिचालन गर्ने, सार्वजनिक बिदाको दिनमा पनि आवश्यकअनुसार कर्मचारीलाई अनिवार्य रूपमा उपस्थित भई कामकाज गर्ने व्यवस्था मिलाउने र विपद् प्रभावित क्षेत्रमा सरकारी तथा सार्वजनिक सेवा नियमित रूपमा प्रवाह हुने तथा सम्बन्धित निकायबाट सेवा सञ्चालनको व्यवस्था मिलाउने पनि निर्णय गरेको छ ।

बैठकले बाढीबाट क्षतिग्रस्त हुन पुगेका सडक, पुल, खानेपानी, विद्युत् दूरसञ्चारलगायत अत्यावश्यक पूर्वाधार तथा सार्वजनिक सेवाको पुनः सञ्चालनका लागि सम्बन्धित मन्त्रालय तथा निकायहरूले तत्काल निर्माण अगाडि बढाउने निर्णय पनि गरेको छ ।
–––

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ...
‘नेपाल-जापान सम्बन्धको आगामी ७० वर्षलाई शिक्षा, नवप्रवर्तन र सहकार्यमा केन्द्रित गर्नुपर्छ’: परराष्ट्रमन्त्री खनाल

‘नेपाल-जापान सम्बन्धको आगामी ७० वर्षलाई शिक्षा, नवप्रवर्तन र सहकार्यमा केन्द्रित गर्नुपर्छ’: परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री खनालले अहिले जापानमा तीन लाखभन्दा बढी नेपाली बसोबास गरिरहेको र गत वर्ष जापानमा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपाली विद्यार्थी दोस्रो ठूलो समूहका रूपमा रहेको उल्लेख गर्दै यसले...
एनपिएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल

एनपिएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल

प्रतियोगिताका १३ खेल सम्पन्न हुँदा नेपाली खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै व्यक्तिगत प्रदर्शनमा आफूलाई अब्बल साबित गरिरहेका छन् । यसअघिका संस्करणमा सुरुआती चरणदेखि विदेशी खेलाडीको प्रदर्शनले बढी चर्चा...