नेभिगेशन
समाज

नेपाली सेनाले यसरी गरिरहेको छ बाढीमा फसेकाहरुको उद्धार

काठमाडौँ । रसुवामा गएको बाढीका कारण प्रभावित भएकाहरूको खोजी तथा उद्धार कार्यमा नेपाली सेना निरन्तर खटिरहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार बिहानदेखि सेनाले हेलिकप्टर र जमिनमार्फत उद्धारका साथै स्वास्थ्य सेवा र राहत वितरणको काम गरिरहेको छ।

Ncell
Extreme Energy

टिमुरे, स्याफ्रुवेशी, धुन्चे र मैलुङ इलाकाबाट १०१ जना विदेशीसहित ६९६ जनाको हेलिकप्टरमार्फत र २०० जनाको जमिनमार्फत जम्मा ८९६ जनाको उद्धार गरिएको सेनाले जनाएको छ।

साथै, त्रिशूलीमा स्थापित आपतकालीन उपचार केन्द्रबाट ३५४ र धुन्चेको मेडिकल टिमबाट ५४६ गरी जम्मा ९०० जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको सेनाले भनेको छ।

सेनाले खोजी तथा उद्धारलाई सहज बनाउन ड्रोन र सैनिक कुकुरको प्रयोग गरेको छ। उक्त कार्यका लागि रसुवा र नुवाकोटमा ४,२०० भन्दा बढी तथा नुवाकोटदेखि चितवनसम्म १,२०० भन्दा बढी नेपाली सेनाको फौज परिचालन गरिएको छ।

सेनाले पृथ्वी राजमार्गको लेदो सफा गरी सडक सञ्चालन गर्ने र शव उद्धार गर्ने काम समेत गरिरहेको छ।

भोलि नदी किनारमा शव खोजतलास, आपतकालीन उपचारको निरन्तरता, मैलुङ, टिमुरे र स्याफ्रुवेशीका सुरङ्ग (टनेल) हरूमा सम्पर्कविहीन भएकाहरूको खोज उद्धार तथा त्रिशूली(धुन्चे सडक सञ्चालन गर्ने सेनाको योजना छ।

WhatsApp-Image-2026-08-27-at-8.14.43-PM-1787841363.jpeg

WhatsApp-Image-2026-08-27-at-8.14.43-PM-(1)-1787841363.jpeg

WhatsApp-Image-2026-08-27-at-8.14.44-PM-(1)-1787841364.jpeg

WhatsApp-Image-2026-08-27-at-8.14.44-PM-1787841364.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेनले लेखे भोटेकोसी बाढी प्रभावितका लागि सरकारले गरिरहेको २० काम!

बालेनले लेखे भोटेकोसी बाढी प्रभावितका लागि सरकारले गरिरहेको २० काम!

सरकारले अबको सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई तत्काल राहत र सुरक्षित बसोबास तथा क्षतिग्रस्त अत्यावश्यक पूर्वाधारको शीघ्र पुनःस्थापनामा केन्द्रित गरेको छ।...
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
सरकारी कर्मचारीको १० दिनसम्मकाे पारिश्रमिक  उद्धार कोषमा जम्मा गरिने

सरकारी कर्मचारीको १० दिनसम्मकाे पारिश्रमिक  उद्धार कोषमा जम्मा गरिने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको सचिवस्तरीय बैठकले विपद्बाट भएको ठूलो जनधनको क्षतिपश्चात् राहत तथा पुनःस्थापना कार्यमा राष्ट्रसेवकहरूका तर्फबाट योगदान गर्ने उद्देश्यले उक्त निर्णय गरेको हो ।
भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

पृथ्वी राजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ । लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखी काम भइरहेको पूर्वाधार विकासमन्त्रीको सचिवालयले जनाएको छ । बाढीका...