नेभिगेशन
सबै कुरा

ललिता निवास प्रकरणमा प्रचण्डले दिए माधव नेपाललाई ‘क्लीन चीट’

१५ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ललिता निवास जग्गा प्रकरणमा माधव नेपाललाई क्लीन चीट दिएका छन् । पोखरामा आयोजित सभामा उनले यो प्रकरणमा माधव नोपालको संलग्नता नरहेको बताएका हुन् । 

उनले सीआईबीको अनुसन्धानपछि माधव नेपाल औपचारिक रुपमा निर्दोष रहेका कुरा पुष्टि भएको बताएका हुन् । 

City Express

बालुवाटार जग्गा प्रकरणमा २९० जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत कामाडौंमा मुद्दा दर्ता गरेका छन् । जसमा ४ पूर्वमन्त्रीदेखि पूर्वसचिवसम्म छन् । 

पटक पटक भएका जग्गा अतिक्रमणमा तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईको पनि संलग्नता देखिएको थियो । उनीहरुको पालामा सरकारी जग्गा व्यक्ति नाममा पुर्याउन सहयोग हुने निर्णय भएका थिए । त्यस समयमा हुँदै नभएको गुठी तथा मोही खडा गर्ने कार्य भएको थियो । 

तत्कालिन समयमा निर्णय गर्नेहरुलाई पनि अनुसन्धान गर्नु भनी सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको थियो । उक्त आदेशपछि सीआईबीले पूर्व प्रधानमन्त्रीद्वयको घरमै पुगेर बयान लिएको थियो । 

तर सीआईबीले उनीहरुलाई प्रतिवादी बनाउनुपर्ने राय भने आफ्नो प्रतिवेदनमा दिएन । उक्त बयान, बयान लिएजस्तो बनाउनका लागि मात्रै लिइएको भन्दै आलोचना भईहरेको छ । सोही समयमा प्रधानमन्त्री प्रचण्डले माधव नेपाललाई क्लीन चीट दिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि...
अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन ।
निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

छ वर्ष बितिसक्दा पनि चौकीडाँडा–फल्टुडे सडक निर्माण व्यवसायीले सम्पन्न नगरेपछि जनप्रतिनिधिहरु आन्दोलमा उत्रिएका हुन् । ठेकेदार कम्पनीको विरोध स्वरुप वडा नम्बर ३, १०, ११ र १२ का जनप्रतिनिधिहरुले...