नेभिगेशन
सबै कुरा

ललिता निवास प्रकरणमा प्रचण्डले दिए माधव नेपाललाई ‘क्लीन चीट’

१५ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ललिता निवास जग्गा प्रकरणमा माधव नेपाललाई क्लीन चीट दिएका छन् । पोखरामा आयोजित सभामा उनले यो प्रकरणमा माधव नोपालको संलग्नता नरहेको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले सीआईबीको अनुसन्धानपछि माधव नेपाल औपचारिक रुपमा निर्दोष रहेका कुरा पुष्टि भएको बताएका हुन् । 

Ncell
Extreme Energy

बालुवाटार जग्गा प्रकरणमा २९० जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत कामाडौंमा मुद्दा दर्ता गरेका छन् । जसमा ४ पूर्वमन्त्रीदेखि पूर्वसचिवसम्म छन् । 

पटक पटक भएका जग्गा अतिक्रमणमा तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईको पनि संलग्नता देखिएको थियो । उनीहरुको पालामा सरकारी जग्गा व्यक्ति नाममा पुर्याउन सहयोग हुने निर्णय भएका थिए । त्यस समयमा हुँदै नभएको गुठी तथा मोही खडा गर्ने कार्य भएको थियो । 

तत्कालिन समयमा निर्णय गर्नेहरुलाई पनि अनुसन्धान गर्नु भनी सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको थियो । उक्त आदेशपछि सीआईबीले पूर्व प्रधानमन्त्रीद्वयको घरमै पुगेर बयान लिएको थियो । 

तर सीआईबीले उनीहरुलाई प्रतिवादी बनाउनुपर्ने राय भने आफ्नो प्रतिवेदनमा दिएन । उक्त बयान, बयान लिएजस्तो बनाउनका लागि मात्रै लिइएको भन्दै आलोचना भईहरेको छ । सोही समयमा प्रधानमन्त्री प्रचण्डले माधव नेपाललाई क्लीन चीट दिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।
बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।