नेभिगेशन
मुख्य समाचार

बाढी प्रभावित क्षेत्रमा सरकारी संयन्त्र र जमिनी अवस्थाबीच ठूलो खाडल : पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बाढी प्रभावित क्षेत्रमा सरकारी संयन्त्र र जमिनको वास्तविक अवस्थाबीच ठूलो खाडल देखिएको बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विपद्ग्रस्त क्षेत्रको स्थलगत अवलोकनपछि पोखरेलले आफूले उद्धार तथा राहतका लागि सरकारले तत्काल थप वैकल्पिक योजना बनाउनुपर्ने देखेको बताएका हुन्।

Ncell
Extreme Energy

उनका अनुसार नुवाकोटलाई बेसक्याम्प बनाएर नेपाली सेनाको नेतृत्वमा हवाई उद्धार भइरहेको छ। उद्धारको काम भइरहनुलाई सकारात्मक भने पनि सुरक्षा निकायबीच आवश्यक समन्वय हुन नसकेको उनको भनाइ छ।

पोखरेलले गृह मन्त्रालय र जिल्ला प्रशासनले राहत तथा उद्धारको प्रभावकारी कमाण्ड सम्हाल्न नसकेको तथा नेपाली सेना, स्थानीय प्रशासन र जनप्रतिनिधिबीच सहज समन्वय र पहुँच स्थापित हुन नसकेको बताएका छन्।

बाढीका कारण त्रिशूली नदीपारिको क्षेत्रमा पुग्ने मुख्य ‘लाइफलाइन’ पूर्ण रूपमा विच्छेद भएको र अहिलेसम्म सञ्चालनमा ल्याउन नसकिएको उनले बताएका छन्। सडक सञ्जाल विच्छेद हुँदा प्रभावित क्षेत्रमा स्वयंसेवक तथा राहत सामग्री पुर्‍याउनसमेत कठिनाइ भइरहेको उनको भनाइ छ।

अलपत्र परेका तथा बाढीबाट विस्थापितको संख्या ठूलो रहेकाले सबैलाई तत्काल हवाई उद्धार गर्न सम्भव नरहेको पोखरेलले बताएका छन्। हेलिकप्टरको सीमितता र प्रतिकूल मौसमका कारण उद्धारमा थप कठिनाइ भइरहेको उनले उल्लेख गरेका छन्।

बिजुली र सञ्चार सेवा अवरुद्ध हुँदा प्रभावित क्षेत्रसँग सूचना आदानप्रदानसमेत कठिन भएको उनले बताएका छन्। स्थलमार्गबाट उद्धार तथा राहत पुर्‍याउने भरपर्दो वैकल्पिक योजना तत्काल बनाउनुपर्ने पोखरेलको सुझाव छ।

उनले तीनवटै सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिलाई समेटेर तत्काल एकीकृत ‘कमाण्ड पोस्ट’ बनाउन सरकारसँग आग्रह गरेका छन्।

मुख्य सडक सञ्चालनमा नआएसम्म तुइन, फलामे डोरी तथा साना अस्थायी पुलजस्ता वैकल्पिक माध्यमबाट प्रभावित क्षेत्रमा खानेपानी, औषधि र खाद्यान्न पुर्‍याउनुपर्ने उनले बताएका छन्।

त्यस्तै सडक खुलाउन निजी क्षेत्रका ठूला हेभी इक्विपमेन्टसमेत परिचालन गरी युद्धस्तरमा काम गर्न र आवश्यक स्थानमा बेलिब्रिज जडान गर्न उनले सुझाव दिएका छन्।

बाढी प्रभावित क्षेत्रमा भग्नावशेष तथा दलदलमा पुरिएका शवको खोजी कार्यलाई तीव्र बनाउन थप जनशक्ति र आधुनिक उपकरण परिचालन गर्नुपर्ने पनि पोखरेलले बताएका छन्।

राहत तथा उद्धारका लागि सुरक्षा निकायसँगै कामको प्रकृतिअनुसार नागरिक स्वयंसेवकलाई समेत तत्काल परिचालन गर्नुपर्ने उनको भनाइ छ।

‘यो मानवीय सङ्कटको बेला राजनीति वा प्रक्रियागत विलम्ब हेर्ने छुट कसैलाई छैन’ भन्दै पोखरेलले सरकारको ध्यान तत्काल प्रभावकारी तथा वैकल्पिक उद्धार र राहत योजनातर्फ जानुपर्ने बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रसुवा बाढी: सडक खुलाउन विभिन्न स्थानमा उपकरण परिचालन

रसुवा बाढी: सडक खुलाउन विभिन्न स्थानमा उपकरण परिचालन

रसुवा बाढीका कारण कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन विभिन्न सडकखण्डमा उपकरण परिचालन गरिएको छ ।
अब उनलाई अन्तिमपटक देख्न पाए...

अब उनलाई अन्तिमपटक देख्न पाए...

भित्र शवगृह तयार हुँदैछ । बाहिर आफन्त र परिवारका सदस्यको भीड छ । भीडमा बाक्लो सन्नाटा छ । सबैका आँखा रसाएका छन् । अनुहार बेचैन देखिन्छ । त्यही...
रसुवा बाढी : हालसम्म ८२९ जनाको हवाई, २०० जनाको जमिनबाट उद्धार

रसुवा बाढी : हालसम्म ८२९ जनाको हवाई, २०० जनाको जमिनबाट उद्धार

रसुवामा आएको भीषण बाढीपछि उद्धार कार्य तीव्र पारिएको छ। नेपाली सेना र निजी हेलिकप्टरबाट हालसम्म ८२९ जनाको हवाई उद्धार गरिएको छ।