नेभिगेशन
समाज

रसुवा बाढी : हालसम्म ८२९ जनाको हवाई, २०० जनाको जमिनबाट उद्धार

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि उद्धार कार्य तीव्र पारिएको छ। नेपाली सेना र निजी हेलिकप्टरबाट हालसम्म ८२९ जनाको हवाई उद्धार गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली सेनाका अनुसार सेनाका ६ वटा र गैरसैनिक ९ वटा हेलिकप्टरबाट प्रभावित क्षेत्रमा उद्धार कार्य भइरहेको छ। सेनाको हवाई साधनबाट ७२४ जना र गैरसैनिक हवाई साधनबाट १०५ जनाको उद्धार गरिएको हो।

Ncell
Extreme Energy

हवाई उद्धार गरिएकामध्ये १०१ जना विदेशी नागरिक रहेका छन्। यसबाहेक २०० जनालाई जमिनबाट उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।

४५ सयभन्दा बढी सैनिक खोज तथा उद्धारमा

बाढी प्रभावित जिल्लामा खोज तथा उद्धार तथा राहत वितरणका लागि नेपाली सेनाका ४ हजार ५०० भन्दा बढी फौज परिचालन गरिएको छ।

सेनाले प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत सामग्री वितरणको कामसमेत गरिरहेको जनाएको छ। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन ड्रोन तथा सैनिक कुकुरसमेत परिचालन गरिएको छ।

११ सयभन्दा बढीलाई स्वास्थ्य सेवा

बाढी प्रभावित क्षेत्रमा सेनाले सञ्चालन गरेको आपत्कालीन स्वास्थ्य सेवाबाट हालसम्म १ हजार १४५ जनाले उपचार तथा स्वास्थ्य सेवा पाएका छन्।

वीरेन्द्र अस्पतालबाट चिकित्सक अधिकृतसहितको मेडिकल टोलीले त्रिशूलीमा स्थापना गरिएको आपत्कालीन उपचार केन्द्रमार्फत ५८३ जनालाई स्वास्थ्य सेवा दिएको छ।

त्यस्तै फिल्ड एम्बुलेन्समा खटिएको मेडिकल टोलीले धुन्चे क्षेत्रमा ५६२ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको सेनाले जनाएको छ।

२० ट्रक राहत सामग्री त्रिशूलीमा

नेपाली सेनाले प्रभावितका लागि राहत सामग्री ढुवानी गर्न २० वटा ट्रक परिचालन गरेको छ। ती ट्रकमार्फत राहत सामग्री त्रिशूलीसम्म पुर्‍याइएको र त्यहाँबाट आवश्यकताअनुसार हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पठाउने काम भइरहेको सेनाले जनाएको छ।

बाढीका कारण सडक तथा सञ्चार सम्पर्क प्रभावित भएका स्थानमा हवाई माध्यमबाट राहत तथा उद्धारको कामलाई प्राथमिकता दिइएको छ।

सेनाका अनुसार प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य अझै जारी रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा बाढी: सडक खुलाउन विभिन्न स्थानमा उपकरण परिचालन

रसुवा बाढी: सडक खुलाउन विभिन्न स्थानमा उपकरण परिचालन

रसुवा बाढीका कारण कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन विभिन्न सडकखण्डमा उपकरण परिचालन गरिएको छ ।
अब उनलाई अन्तिमपटक देख्न पाए...

अब उनलाई अन्तिमपटक देख्न पाए...

भित्र शवगृह तयार हुँदैछ । बाहिर आफन्त र परिवारका सदस्यको भीड छ । भीडमा बाक्लो सन्नाटा छ । सबैका आँखा रसाएका छन् । अनुहार बेचैन देखिन्छ । त्यही...
बाढी प्रभावित क्षेत्रमा सरकारी संयन्त्र र जमिनी अवस्थाबीच ठूलो खाडल : पोखरेल

बाढी प्रभावित क्षेत्रमा सरकारी संयन्त्र र जमिनी अवस्थाबीच ठूलो खाडल : पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले बाढी प्रभावित क्षेत्रमा सरकारी संयन्त्र र जमिनको वास्तविक अवस्थाबीच ठूलो खाडल देखिएको बताएका छन्।