नेभिगेशन
समाज

रसुवाका सहायक सिडिओ भन्छन्– चीनतर्फबाट ताल फुटेको सूचना आयो

रसुवा । चीनतर्फ छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको सूचना नेपालतर्फ आएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चिनियाँ पक्षबाट ताल फुटेको जानकारी प्राप्त भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए।

Ncell
Extreme Energy

‘अस्ति पहिरोले थुनिएको ताल पूर्ण रूपमा खोलिइसकेको छैन । त्यहाँ अझै पानी जम्मा थियो । त्यही ताल फुट्यो भन्ने चिनियाँ पक्षले यहाँस्थित नेपाली सेनालाई दिएको छ,’ उनले भने ।

ताल फुटेपछि त्यसबाट थप पानीको बहाव भोटेकोशी नदीतर्फ आउन सक्ने भएकाले नदी आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने अनुमान गरिएको छ। प्रशासनले यसबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।

यसअघि पनि चीनतर्फ नदी थुनिएर बनेको ताल पूर्णरूपमा नखुलेका कारण भोटेकोशी–त्रिशूली नदी क्षेत्रमा जोखिम कायमै रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रहरीले भन्यो– चीनतर्फ पानीको बाँध फुटेको सूचना आएकोले उद्धारकार्य स्थगित गर्नू !

प्रहरीले भन्यो– चीनतर्फ पानीको बाँध फुटेको सूचना आएकोले उद्धारकार्य स्थगित गर्नू !

नेपाल प्रहरीले तिब्बततर्फ पानीको बाँध फुटेको सूचना आएको बताएको छ ।
टनेलमा फसेका मजदुर र स्थानीयको उद्धारमा सेना विहानैदेखि सक्रिय

टनेलमा फसेका मजदुर र स्थानीयको उद्धारमा सेना विहानैदेखि सक्रिय

रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका कारण फसेका मानिसहरूको नेपाली सेनाले आज बिहानैदेखि उद्धार कार्य तीव्र पारेको छ ।
स्थानीय प्रशासनसँग समन्वय गरेर मात्र राहत वा उद्धारमा जान प्रधानमन्त्रीको अपिल

स्थानीय प्रशासनसँग समन्वय गरेर मात्र राहत वा उद्धारमा जान प्रधानमन्त्रीको अपिल

प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले रसुवाको भोटेकोसी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकहरूका लागि राहत वितरण तथा उद्धार कार्यमा आउने सम्पूर्ण नागरिक, स्वयम्सेवी संस्था तथा सरोकारवालाहरूलाई स्थानीय प्रशासनसँग समन्वय गरेर मात्र...
रसुवा बाढी: सडक खुलाउन विभिन्न स्थानमा उपकरण परिचालन

रसुवा बाढी: सडक खुलाउन विभिन्न स्थानमा उपकरण परिचालन

रसुवा बाढीका कारण कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन विभिन्न सडकखण्डमा उपकरण परिचालन गरिएको छ ।