नेभिगेशन
समाज

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै पौने २ अर्ब सहयोग संकलन

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टाको अवधिमा एक अर्ब ९१ करोड ८६ लाख रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वटा वाणिज्य बैंकमा रहेको कोषको खातामा दाताहरूले एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा गरेका हुन् ।

Ncell
Extreme Energy

रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा विनाशकारी बाढी आएर ठूलो जनधनको क्षति भएपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । त्यसपछि विपद् प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारी कोषमा सहयोग जुट्न थालेको हो ।

सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने तथा त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालय तोकेको छ ।

संस्थागततर्फ एक करोड रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताहरूको रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफैँमार्फत स्वीकार गरिरहेका छन् । व्यक्तिगततर्फको नगद सहयोग भने दाताहरूले अर्थ मन्त्रालयमै पुगेर प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ ।

नयाँ सहयोग रकम थपिएसँगै कोषमा रहेको बचत रकम चार अर्ब नौ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ । यसअघि कोषमा दुई अर्ब १७ करोड २५ लाख नौ हजार ७५९ रुपैयाँ बचत थियो ।

यसअघि बिहीबार मात्रै निजी क्षेत्रका दाताबाट अर्थ मन्त्रालयमार्फत ६ घण्टाको अवधिमा २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो ।

यसैबीच, विपद् प्रभावितको उद्धार तथा राहतका लागि सूर्य नेपाल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड रुपैयाँ सहयोग गरेको छ ।

रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सूर्य नेपालले प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त रकम सहयोग गरेको जनाएको छ ।

सरकारका अनुसार हालसम्म संकलित सहयोगमा विभिन्न मित्रराष्ट्रले घोषणा गरेका सहयोग रकम भने समावेश गरिएको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सूर्य नेपालद्वारा विपद् उद्धार कोषमा १५ करोड सहयोग

सूर्य नेपालद्वारा विपद् उद्धार कोषमा १५ करोड सहयोग

रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सूर्य नेपाल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड रुपैयाँ सहयोग गरेको छ।
नाडाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख सहयाेग गर्ने

नाडाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख सहयाेग गर्ने

भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गाेरखा र चितवन जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल...
रसुवा, नुवाकोट र धादिङमा बाढीले प्रभावित एनसेलको २७ मध्ये १४ टावर सञ्चालनमा

रसुवा, नुवाकोट र धादिङमा बाढीले प्रभावित एनसेलको २७ मध्ये १४ टावर सञ्चालनमा

विपद्का कारण करिब ७०–८० किलोमिटर क्षेत्रमा फाइबर लिंकमा समस्या आएपछि एनसेलका २७ वटा मोबाइल टावरहरु प्रभावित भएर सेवामा असर परेको थियो । ग्राहकलाई निरन्तर दूरसञ्चार सेवा उपलब्ध गराउँदै...
आर्मीद्वारा ४० विदेशीसहित ७०६ जनाको उद्धार

आर्मीद्वारा ४० विदेशीसहित ७०६ जनाको उद्धार

सैनिक मुख्यालयका अुनसार नेपाली सेनाका हेलिकोप्टरद्वारा रसुवाको टिमुरे, स्याफ्रुबेसी, मैलुङ लगायतका क्षेत्रबाट २९ भारतीय, ४ जर्मन, ४ चिनियाँ, १ ओमान र २ कोरियन नागरिकको उद्धार गरिएको छ ।...