नेभिगेशन
मुख्य समाचार

उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ : बालेन शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विपद्बाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य रहेको भन्दै उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म सरकार पुग्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रक्षाबन्धनको अवसरमा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले अहिले सरकारको सम्पूर्ण ध्यान प्रभावित नागरिकमै केन्द्रित रहेको बताएका हुन् ।

Ncell
Extreme Energy

‘यस कठिन घडीमा विपद्बाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य छ। उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ,’ प्रधानमन्त्री शाहले भनेका छन् ।

उनका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरी १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

हालसम्म चार हजार ४५१ जनाको उद्धार गरिएको उनले बताएका छन् । उद्धार गरिएकामध्ये जलविद्युत् आयोजनाका सुरुङबाट १९१ जना तथा आजको हवाई उद्धारबाट ५१७ जना छन् ।

उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर परिचालन गरिएको छ । धुन्चे, त्रिशूली, टिमुरे र स्याफ्रुबेँसीलगायत क्षेत्रमा निरन्तर हवाई उडान सञ्चालन भइरहेको र हालसम्म ९९ वटा उडान भएको प्रधानमन्त्री शाहले बताएका छन् ।

बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउने काम पनि भइरहेको उनले बताएका छन् । हालसम्म ३२ ट्रक खाद्य तथा गैरखाद्य सामग्री पठाइएको तथा हेलिकप्टरबाट समेत ६ उडान गरी राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको छ ।

भोटेकोशी–त्रिशूली करिडोरमा बेपत्ता नागरिक तथा शवको खोजी कार्य रसुवाबाट नुवाकोट, धादिङ हुँदै गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्म विस्तार गरिएको छ ।

विदेशी नागरिकको उद्धार तथा पहिचानका लागि समेत विशेष समन्वय भइरहेको प्रधानमन्त्री शाहले बताएका छन् । हालसम्म १२९ जना विदेशी पर्यटक तथा नागरिकको उद्धार तथा पहिचान भएको र परराष्ट्र मन्त्रालयले सम्बन्धित दूतावास तथा परिवारसँग समन्वय गर्न आपतकालीन नियन्त्रण कक्ष सञ्चालन गरेको उनले जानकारी दिएका छन् ।

बाढी प्रभावित क्षेत्रमा पुनः बाढीको जोखिमसमेत निरन्तर निगरानीमा रहेको प्रधानमन्त्री शाहले बताएका छन् । जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना प्रवाह तथा सुरक्षित स्थानमा स्थानान्तरणको तयारी भइरहेको छ । हालसम्म दुई लाखभन्दा बढी एसएमएसमार्फत पूर्वसूचना दिइएको छ ।

सडक सम्पर्क पुनःस्थापनाको कामसमेत तीव्र पारिएको उनले बताएका छन् । काठमाडौं–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा ल्याइएको तथा वैकल्पिक सडकमार्फत रसुवालाई पुनः सडक सञ्जालसँग जोडिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन् ।

प्रभावित क्षेत्रको सडक, पुल, विद्युत्, खानेपानी, दूरसञ्चार तथा जलविद्युत् संरचनाको क्षति मूल्यांकनका लागि १५ वटा प्राविधिक टोली परिचालन गरिएको छ ।

प्रधानमन्त्री शाहका अनुसार बाढी प्रभावित १५ वटा स्थानीय तहलाई तत्काल राहत, उद्धार तथा व्यवस्थापनका लागि ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो करिब ३६ घण्टामा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ ।

प्रभावित व्यक्ति, परिवार तथा व्यवसायका लागि राहत तथा पुनःस्थापना प्याकेज तयार भइरहेको उनले बताएका छन् ।

‘मैदानको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने र स्रोतसाधन त्यहीअनुसार परिचालन गर्ने गरी हामी निरन्तर काम गरिरहेका छौँ,’ प्रधानमन्त्री शाहले भनेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री बालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्।
रवीन्द्र ढाँटको जितले दिएको आशा

रवीन्द्र ढाँटको जितले दिएको आशा

‘नेपाल बाढीपहिरोले पीडामा छ। कृपया आ–आफ्नो ठाउँबाट जति सकिन्छ सहयोग गर्नुहोला।’