नेभिगेशन
समाज

पृथ्वी राजमार्ग खुल्यो, काठमाडौंँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। राजमार्गमा थुप्रिएको लेदो पन्छाएपछि शुक्रबार साँझदेखि सडक सञ्चालनमा आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार सडक खुलेसँगै लामो समयदेखि राजमार्गमा अलपत्र परेका सवारीसाधनलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ।

Marvel
Extreme Energy

‘रातभर लामो समयदेखि राजमार्गमा अड्किएका सवारीसाधनलाई सुरक्षित स्थानतर्फ पठाइनेछ,’ उनले भने।

यद्यपि काठमाडौं उपत्यकाबाट बाहिरिने सार्वजनिक सवारीसाधन भने शनिबार बिहानदेखि मात्रै सञ्चालन गरिने भएको छ।

नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लले रातभर राजमार्गमा अड्किएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाएपछि शनिबार बिहानदेखि मात्रै काठमाडौंँबाट सार्वजनिक सवारीसाधन बाहिर पठाउने तयारी भइरहेको बताए।

बाढीका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा लेदो तथा माटो थुप्रिएपछि यातायात अवरुद्ध भएको थियो। सडक खुले पनि जोखिमलाई ध्यानमा राख्दै सार्वजनिक सवारीसाधन सञ्चालनमा सावधानी अपनाइने जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ...
‘नेपाल-जापान सम्बन्धको आगामी ७० वर्षलाई शिक्षा, नवप्रवर्तन र सहकार्यमा केन्द्रित गर्नुपर्छ’: परराष्ट्रमन्त्री खनाल

‘नेपाल-जापान सम्बन्धको आगामी ७० वर्षलाई शिक्षा, नवप्रवर्तन र सहकार्यमा केन्द्रित गर्नुपर्छ’: परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री खनालले अहिले जापानमा तीन लाखभन्दा बढी नेपाली बसोबास गरिरहेको र गत वर्ष जापानमा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपाली विद्यार्थी दोस्रो ठूलो समूहका रूपमा रहेको उल्लेख गर्दै यसले...
एनपिएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल

एनपिएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल

प्रतियोगिताका १३ खेल सम्पन्न हुँदा नेपाली खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै व्यक्तिगत प्रदर्शनमा आफूलाई अब्बल साबित गरिरहेका छन् । यसअघिका संस्करणमा सुरुआती चरणदेखि विदेशी खेलाडीको प्रदर्शनले बढी चर्चा...
प्रधानमन्त्री शाहसँग भारतका विदेश सचिव मिश्रीले भेट गर्दै

प्रधानमन्त्री शाहसँग भारतका विदेश सचिव मिश्रीले भेट गर्दै

भ्रमणका क्रममा विदेश सचिव मिश्रीले बुधबार नै अर्थमन्त्री डा स्वर्णीम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधारमन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता...

भर्खरै