नेभिगेशन
समाज

भोटेकोशी बाढी : मोरङका १५ जना सम्पर्कविहीन, तीन जनाको उद्धार

मोरङ । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीपछि मोरङका १५ जना सम्पर्कविहीन भएका छन्। विभिन्न कामका सिलसिलामा रसुवा, धादिङ र नुवाकोट पुगेका उनीहरू बाढीपछि सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार सम्पर्कविहीनको खोजी भइरहेको छ। बाढी प्रभावित क्षेत्रबाट तीन जनाको भने उद्धार गरिएको छ। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको कटेलले जानकारी दिए।

Ncell
Extreme Energy

सम्पर्कविहीन हुनेमा विराटनगर महानगरपालिका–७ का शिवशंकर गुप्ता र सोमप्रसाद कटेल, बेलबारी नगरपालिका–११ का अनुज धमला, सुन्दरहरैचा नगरपालिकाकी पूजा आचार्य र उनकी तीन वर्षीया छोरी, सूर्यबहादुर कार्की र भोजराज अधिकारी छन्।

त्यस्तै, लेटाङ नगरपालिकाका मेघा चेम्जोङ, शोना चेम्जोङ, देवीमाया तामाङ र पासाङ तामाङ, रंगेली नगरपालिका–६ का सुरज मण्डल, पथरी शनिश्चरे नगरपालिका–७ की रिचा निरौला, विराटनगर एयरपोर्ट मोडका सचिन गौतम र विराटनगर महानगरपालिका–१ का दुर्गाप्रसाद पोखरेल सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ।

प्रशासनले उनीहरूको अवस्था पत्ता लगाउन सम्बन्धित निकायसँग समन्वय गरी खोजी कार्य जारी राखेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री बालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्।
रवीन्द्र ढाँटको जितले दिएको आशा

रवीन्द्र ढाँटको जितले दिएको आशा

‘नेपाल बाढीपहिरोले पीडामा छ। कृपया आ–आफ्नो ठाउँबाट जति सकिन्छ सहयोग गर्नुहोला।’