नेभिगेशन
समाज

प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री शाहले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत ढाँटलाई बधाई दिँदै उनको सफलताले नेपाली खेलप्रेमी तथा देशकै लागि गौरव बढाएको बताएका हुन्।

Ncell
Extreme Energy

प्रधानमन्त्री शाहले नेपालमा आएको विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएको भन्दै ढाँटलाई धन्यवादसमेत दिएका छन्।

‘नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँटले रोड टु युएफसी सिजन–५ मा जित हासिल गर्दै फाइनलमा प्रवेश गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। नेपालमा आएको विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुभएकोमा नेपाल सरकारको तर्फबाट उहाँलाई हार्दिक धन्यवाद,’ प्रधानमन्त्री शाहले लेखेका छन्।

उनले ढाँटको सफलता सम्पूर्ण नेपाली खेलप्रेमी तथा राष्ट्रकै लागि गौरवको विषय भएको उल्लेख गरेका छन्।

‘उहाँको सफलता सम्पूर्ण नेपाली खेलप्रेमी तथा राष्ट्रकै लागि गौरवको विषय हो। सरकारको सम्पूर्ण ध्यान अहिले प्रभावित नागरिकमै केन्द्रित छ,’ प्रधानमन्त्री शाहले भनेका छन्।

सरकारले प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने र सोहीअनुसार स्रोतसाधन परिचालन गर्ने गरी निरन्तर काम गरिरहेको पनि प्रधानमन्त्री शाहले बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रवीन्द्र ढाँटको जितले दिएको आशा

रवीन्द्र ढाँटको जितले दिएको आशा

‘नेपाल बाढीपहिरोले पीडामा छ। कृपया आ–आफ्नो ठाउँबाट जति सकिन्छ सहयोग गर्नुहोला।’
रक्षाबन्धनका दिन सम्पर्कविहीन दाजु खोज्दै पोखरा आइपुगिन् सीता

रक्षाबन्धनका दिन सम्पर्कविहीन दाजु खोज्दै पोखरा आइपुगिन् सीता

दिदीबहिनीले दाजुभाइको नाडीमा राखी बाँधेर दीर्घायु र सुस्वास्थ्यको कामना गर्ने दिन। तर गोरखाकी सीता कार्कीका लागि यस वर्षको रक्षाबन्धन पीडादायी बनेको छ।