नेभिगेशन
समाज

भोटेकोशी बाढीपछि सशस्त्रका थप दुई हजार ९८३ सुरक्षाकर्मी परिचालन

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ताको खोजी तथा प्रभावितको उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालले थप दुई हजार ९८३ सुरक्षाकर्मी परिचालन गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सशस्त्र प्रहरीका अनुसार यसअघि एक हजार ८४५ जना परिचालन गरिएकामा आज थप जनशक्ति परिचालन गरी विपद् प्रतिकार्यमा खटिने सुरक्षाकर्मीको सङ्ख्या चार हजार ८२८ पुर्‍याइएको हो।

Ncell
Extreme Energy

रसुवा, नुवाकोट, धादिङ, तनहुँ, गोरखा, चितवन, पूर्वी नवलपरासी र पश्चिम नवलपरासीमा विशेष बेस क्याम्प स्थापना गरी प्रभावित क्षेत्रमा विज्ञसहितका छुट्टाछुट्टै टोली परिचालन गरिएको छ।

परिचालित टोलीमा दक्ष खोज तथा उद्धारक, मास क्याजुअल्टी भेहिकल, शव व्यवस्थापन, शिविर समन्वय तथा व्यवस्थापन र प्राथमिक उपचार विज्ञ छन्। भत्किएका संरचनामा खोज तथा उद्धारका लागि ४४ जनाको टोलीसमेत परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

खोजी कार्यलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीको के–९ टोलीअन्तर्गत सात कुकुरसहित २१ जना विभिन्न क्षेत्रमा खटिएका छन्। पाँच वटा ड्रोनसहितको विशेष ड्रोन टोली तथा डोरीमार्फत उद्धारका लागि १३ जनाको टोली परिचालन गरिएको छ। आवश्यकताअनुसार विभिन्न स्थानमा गोताखोरसमेत खटाइएको छ।

देशका विभिन्न क्षेत्रबाट थप ३५५ जना सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको छ।

भोटेकोशी हुँदै त्रिशूली नदी आसपासका प्रभावित ४८ वडामा सशस्त्र प्रहरीले सूचीकृत गरेका एक हजार २०० विपद् सूचकमार्फत सूचना सङ्कलन गरिरहेको जनाएको छ।

प्रभावित नागरिकका लागि आश्रयस्थल व्यवस्थापन, सुरक्षा तथा राहत सामग्री ढुवानीमा समेत सशस्त्र प्रहरी परिचालित छ।

बाढी आएको दिनदेखि नै नुवाकोटमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सञ्चालन गरी सेवा दिइँदै आएको छ। घाइतेको आकस्मिक उपचारका लागि काठमाडौँस्थित नेपाल एपीएफ अस्पताल र कुरिनटारस्थित सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयको ट्रमा सेन्टरमा एक–एक सय शय्याको विशेष व्यवस्था गरिएको छ।

त्यस्तै, प्रभावित क्षेत्रमा विद्युत् तथा ऊर्जाको आवश्यकता पूरा गर्न आठ वटा जेनेरेटर, आवश्यक इन्धन, पाँच वटा सोलार प्यानल र १५ वटा ग्यास सिलिन्डरसहितका अत्यावश्यक सामग्री पुर्‍याइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री बालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्।
रवीन्द्र ढाँटको जितले दिएको आशा

रवीन्द्र ढाँटको जितले दिएको आशा

‘नेपाल बाढीपहिरोले पीडामा छ। कृपया आ–आफ्नो ठाउँबाट जति सकिन्छ सहयोग गर्नुहोला।’
रक्षाबन्धनका दिन सम्पर्कविहीन दाजु खोज्दै पोखरा आइपुगिन् सीता

रक्षाबन्धनका दिन सम्पर्कविहीन दाजु खोज्दै पोखरा आइपुगिन् सीता

दिदीबहिनीले दाजुभाइको नाडीमा राखी बाँधेर दीर्घायु र सुस्वास्थ्यको कामना गर्ने दिन। तर गोरखाकी सीता कार्कीका लागि यस वर्षको रक्षाबन्धन पीडादायी बनेको छ।