नेभिगेशन
समाज

बाढीपहिरोका कारण यी राजमार्ग तथा सडकखण्ड छन् अवरुद्ध

काठमाडौँ । बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध तथा प्रभावित भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल प्रहरीले दिएको जानकारीअनुसार कोशी प्रदेशअन्तर्गत मेची राजमार्गको इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक बाटो प्रयोग गर्न सकिने जनाइएको छ ।

Ncell
Extreme Energy

बागमती प्रदेशअन्तर्गत बीपी राजमार्गको काभ्रे–सिन्धुली खण्डमा सम्भावित बाढीका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । दिउँसोको समयमा भने परिस्थिति हेरी सवारी सञ्चालन हुने जनाइएको छ ।

कान्तिलोकपथमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्डअन्तर्गत उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त सडक लामो समयसम्म सञ्चालनमा आउन नसक्ने जनाइएको छ । रसुवाको मुख्य राजमार्ग पनि अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

नुवाकोटको टोखा–छहरे सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा राति १० बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाटरोराङ, गजुरी र गल्छीका विभिन्न स्थानमा बाढीका कारण सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ । ज्याङखोला, बिहानीपम्प, गलौदी, जहरेखेत, बाङ्गेमोड र बैरेनीलगायतका स्थान प्रभावित भएका छन् ।

सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ कोदारी क्षेत्रमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

लुम्बिनी प्रदेशअन्तर्गत रोल्पाको शहीद राजमार्गको परिवर्तन गाउँपालिका–४ खरिबोट क्षेत्रमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यस्तै, कर्णाली प्रदेशअन्तर्गत रुकुम पश्चिमको जाजरकोट–डोल्पा सडकखण्डको आठबीसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

उपत्यकाअन्तर्गत नागढुङ्गादेखि मुग्लिनसम्मको सडक पूर्ण रूपमा सञ्चालनमा आए पनि बैरेनी बजारको करिब एक किलोमिटर सडकखण्डमा भने एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीमा ५७९ जनाको शव फेला, एक हजार १२४ सम्पर्कविहीन

भोटेकोशी बाढीमा ५७९ जनाको शव फेला, एक हजार १२४ सम्पर्कविहीन

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षतिको विवरणअनुसार हालसम्म ५७९ जनाको शव फेला परेको छ भने एक हजार १२४ जना सम्पर्कविहीन रहेका छन् ।
आज यी स्थानमा भारी वर्षा हुने

आज यी स्थानमा भारी वर्षा हुने

देशभर साधारणतया बदली रहनेछ । देशका हिमाली र पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ...
खोज, उद्धार तथा राहत सामग्री सहयोग गर्न प्राधिकरणले गर्‍यो यस्तो आग्रह

खोज, उद्धार तथा राहत सामग्री सहयोग गर्न प्राधिकरणले गर्‍यो यस्तो आग्रह

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत सामग्री सहयोग गर्न इच्छुक दातृ निकाय, विकास साझेदार, संघसंस्था, नागरिक समाज तथा...