नेभिगेशन
समाज

खोज, उद्धार तथा राहत सामग्री सहयोग गर्न प्राधिकरणले गर्‍यो यस्तो आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत सामग्री सहयोग गर्न इच्छुक दातृ निकाय, विकास साझेदार, संघसंस्था, नागरिक समाज तथा निजी क्षेत्रलाई आग्रह गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्राधिकरणले इच्छुक निकाय तथा संस्थाले खोज, उद्धार तथा राहतका लागि आवश्यक सामग्री उपलब्ध गराउन सक्ने जनाएको हो ।

Ncell
Extreme Energy

हवाईमार्गबाट प्राप्त हुने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आपत्कालीन गोदामघरमा बुझाउन सकिने प्राधिकरणले जनाएको छ ।

यस्तै, स्थलमार्गबाट प्राप्त हुने सामग्री नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र, सामाखुसी काठमाडौं, मैथली ब्यारेक, बट्टार नुवाकोट वा जिल्ला प्रशासन कार्यालय धुन्चे, रसुवामा उपलब्ध गराउन सकिने व्यवस्था मिलाइएको छ ।

सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहसँग समन्वय गरी सामग्री सिधै सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा स्थानीय तहमा समेत उपलब्ध गराउन सकिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीमा ५७९ जनाको शव फेला, एक हजार १२४ सम्पर्कविहीन

भोटेकोशी बाढीमा ५७९ जनाको शव फेला, एक हजार १२४ सम्पर्कविहीन

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षतिको विवरणअनुसार हालसम्म ५७९ जनाको शव फेला परेको छ भने एक हजार १२४ जना सम्पर्कविहीन रहेका छन् ।
आज यी स्थानमा भारी वर्षा हुने

आज यी स्थानमा भारी वर्षा हुने

देशभर साधारणतया बदली रहनेछ । देशका हिमाली र पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ...
बाढीपहिरोका कारण यी राजमार्ग तथा सडकखण्ड छन् अवरुद्ध

बाढीपहिरोका कारण यी राजमार्ग तथा सडकखण्ड छन् अवरुद्ध

बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध तथा प्रभावित भएका छन् ।