नेभिगेशन
मुख्य समाचार

भोटेकोशी बाढीमा ५७९ जनाको शव फेला, एक हजार १२४ सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षतिको विवरणअनुसार हालसम्म ५७९ जनाको शव फेला परेको छ भने एक हजार १२४ जना सम्पर्कविहीन रहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको स्थिति प्रतिवेदन नं. ०७ अनुसार भदौ १२ गते साँझ ७ बजेसम्म रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ४०, गोरखामा ४६, नवलपरासी पूर्वमा १५४, नवलपरासी पश्चिममा २७, तनहुँमा ३० र चितवनमा २३३ जनाको शव फेला परेको छ ।

Ncell
Extreme Energy

सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २७, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका १५ जना छन् । यस्तै रसुवाका १६१, नुवाकोटका एक, जलविद्युत् आयोजनामा कार्यरत १३३, मकवानपुरका ६६ जना सम्पर्कविहीन रहेको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी ५१७ जना विदेशी नागरिक, नेपाल घुम्न आएका विदेशमा बस्ने १२७ नेपाली नागरिक र लाङटाङ राष्ट्रिय निकुञ्जका तीन जना पनि सम्पर्कविहीन रहेको जनाइएको छ ।

बाढीबाट क्षतिग्रस्त १९८ टेलिफोन टावरमध्ये मर्मतपछि १४४ वटा सञ्चालनमा आएका छन् । बाढीमा घाइते भएकामध्ये १५ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने सर्जिकल मेडिकल टिमसमेत परिचालन गरिएको छ ।

१५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका गरी १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेनाका ६ हजार ७५५, नेपाल प्रहरीका चार हजार ४७३ र सशस्त्र प्रहरी बलका चार हजार २०३ जना उद्धारमा खटिएका छन् ।

हालसम्म चार हजार ४५१ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये १९१ जना विद्युत्को सुरुङबाट उद्धार गरिएको तथा शुक्रबार हवाई माध्यमबाट ५१७ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । उद्धार गरिएकामध्ये १२९ जना विदेशी नागरिक रहेका छन् ।

नेपाली सेना र निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टरबाट ९९ वटा हवाई उडानमार्फत उद्धार गरिएको छ ।

प्रभावित जिल्लामा करोडौँको नगद सहायता

नेपाल सरकारले बाढी प्रभावित क्षेत्रको तत्कालीन व्यवस्थापनका लागि रसुवामा एक करोड, नुवाकोटमा एक करोड, धादिङमा ५० लाख तथा १५ वटा स्थानीय तहलाई गरी छ करोड ७५ लाख रुपैयाँ नगद सहायता उपलब्ध गराएको छ ।

यस्तै, नुवाकोटका भैरवी, सूर्यमती र पञ्चकन्या आयल स्टोरमा ४१ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात रहेको जनाइएको छ । हवाई उद्धार तथा राहतका लागि १७ हजार लिटर हवाई इन्धनसमेत नुवाकोट पठाइएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आज यी स्थानमा भारी वर्षा हुने

आज यी स्थानमा भारी वर्षा हुने

देशभर साधारणतया बदली रहनेछ । देशका हिमाली र पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ...
खोज, उद्धार तथा राहत सामग्री सहयोग गर्न प्राधिकरणले गर्‍यो यस्तो आग्रह

खोज, उद्धार तथा राहत सामग्री सहयोग गर्न प्राधिकरणले गर्‍यो यस्तो आग्रह

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत सामग्री सहयोग गर्न इच्छुक दातृ निकाय, विकास साझेदार, संघसंस्था, नागरिक समाज तथा...
बाढीपहिरोका कारण यी राजमार्ग तथा सडकखण्ड छन् अवरुद्ध

बाढीपहिरोका कारण यी राजमार्ग तथा सडकखण्ड छन् अवरुद्ध

बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध तथा प्रभावित भएका छन् ।