नेभिगेशन
समाज

भोटेकोशी बाढीमा बेपत्ता २७ प्रहरी (सूची)

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि जिल्लाका विभिन्न प्रहरी कार्यालयमा कार्यरत २७ जना प्रहरी कर्मचारी सम्पर्कविहीन भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरी विवरणअनुसार रसुवागढी प्रहरी चौकीका आठ, इलाका प्रहरी कार्यालय टिमुरेका १०, प्रहरी चौकी स्याफ्रुबेँसीका तीन, प्रहरी चौकी हाकुका एक र अस्थायी प्रहरी पोष्ट मैलुङका पाँच जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन् ।

Ncell
Extreme Energy

रसुवागढी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक सुरज गिरी, प्रहरी हवल्दार विकास बाबु अधिकारी तथा प्रहरी सहायक हवल्दार हिकमत महरासहित आठ जना सम्पर्कविहीन छन् ।

त्यस्तै, इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी सहायक निरीक्षकद्वय समबहादुर थापा र रामहरि खड्कासहित १० जना सम्पर्कविहीन छन् । प्रहरी चौकी स्याफ्रुबेँसीबाट प्रहरी सहायक निरीक्षक विनोद अधिकारीसहित तीन जना तथा प्रहरी चौकी हाकुबाट प्रहरी जवान सुशिल तामाङ सम्पर्कविहीन छन् । तामाङ हाङ्ग्रो पावरमा ड्युटीमा खटिएका थिए ।

अस्थायी प्रहरी पोष्ट मैलुङबाट प्रहरी नायब निरीक्षक मदनराज स्याङ्बोसहित पाँच जना सम्पर्कविहीन रहेको प्रहरी विवरणमा उल्लेख छ ।

यसैगरी, प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक रामकाजी पौडेल बाढीको सूचना माइकिङ गरिरहेका बेला बगेका थिए । उनको शव फेला परी सनाखत भइसकेको प्रहरीले जनाएको छ ।

भोटेकोशीमा आएको बाढीका कारण रसुवाका विभिन्न प्रहरी कार्यालय तथा सुरक्षा संरचनामा समेत ठूलो क्षति पुगेको छ । बाढीपछि सम्पर्कविहीन प्रहरी कर्मचारीको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीमा ५७९ जनाको शव फेला, एक हजार १२४ सम्पर्कविहीन

भोटेकोशी बाढीमा ५७९ जनाको शव फेला, एक हजार १२४ सम्पर्कविहीन

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षतिको विवरणअनुसार हालसम्म ५७९ जनाको शव फेला परेको छ भने एक हजार १२४ जना सम्पर्कविहीन रहेका छन् ।
आज यी स्थानमा भारी वर्षा हुने

आज यी स्थानमा भारी वर्षा हुने

देशभर साधारणतया बदली रहनेछ । देशका हिमाली र पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ...
खोज, उद्धार तथा राहत सामग्री सहयोग गर्न प्राधिकरणले गर्‍यो यस्तो आग्रह

खोज, उद्धार तथा राहत सामग्री सहयोग गर्न प्राधिकरणले गर्‍यो यस्तो आग्रह

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत सामग्री सहयोग गर्न इच्छुक दातृ निकाय, विकास साझेदार, संघसंस्था, नागरिक समाज तथा...
बाढीपहिरोका कारण यी राजमार्ग तथा सडकखण्ड छन् अवरुद्ध

बाढीपहिरोका कारण यी राजमार्ग तथा सडकखण्ड छन् अवरुद्ध

बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध तथा प्रभावित भएका छन् ।