नेभिगेशन
समाज

मुग्लिङ–काठमाडौं सडकखण्ड खुल्यो, बिहान ६ बजेदेखि सवारी सञ्चालन

काठमाडौँ । भोटेकोशी बाढीका कारण अवरुद्ध मुग्लिङ–काठमाडौं सडकखण्ड शनिबारबाट सञ्चालनमा आएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राति होल्ड गरिएका सवारीसाधनलाई आज बिहान ६ बजेदेखि गन्तव्यतर्फ जान दिइएको प्रहरीले जानकारी दिएको छ ।

Ncell
Extreme Energy

बाढी तथा पहिरोका कारण जोखिम बढेपछि शुक्रबार राति विभिन्न स्थानमा सवारीसाधन रोकिएका थिए।

सडकको अवस्था र जोखिम मूल्यांकनपछि बिहान ६ बजेदेखि होल्ड गरिएका सवारीसाधनलाई क्रमशः गन्तव्यतर्फ पठाउन थालिएको हो।

काठमाडौं–मुग्लिङ सडकखण्ड सञ्चालनमा आएपछि लामो समयदेखि बाटोमै रोकिएका यात्रुलाई सहज भएको छ।

यसअघि बाढीपहिरोको जोखिमका कारण नागढुंगा–मुग्लिङ सडकखण्डमा सवारी आवागमनमा पूर्ण रूपमा रोक लगाइएको थियो।

यद्यपि, पछिल्लो समय बाढीपहिरोको जोखिम कायमै रहेकाले यात्रु तथा चालकलाई सडकको अवस्था हेरेर सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दुुई वर्षीया छोरी भेलमा बगिन्, बचाउन जाँदा आमा पनि रहिनन्

दुुई वर्षीया छोरी भेलमा बगिन्, बचाउन जाँदा आमा पनि रहिनन्

पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ ।
भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि छ चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि छ चुनौती

जल तथा मौसम पूर्वानुमान महाशाखाले बाढी प्रभावित रसुवाको भोटेकोशी क्षेत्रमा वर्षाको समेत जोखिम रहेकाले खोज तथा उद्धारमा चुनौती आउन सक्ने जनाएको छ।
बाढीपछि विभिन्न अस्पतालमा ३९३ शव, अधिकांशको पहिचान हुन बाँकी

बाढीपछि विभिन्न अस्पतालमा ३९३ शव, अधिकांशको पहिचान हुन बाँकी

भोटेकोशी–त्रिशूली–नारायणी नदीमा आएको बाढीपछि विभिन्न जिल्लाबाट संकलन गरिएका ३९३ शव विभिन्न अस्पताल तथा अस्थायी शवगृहमा राखिएको छ। तीमध्ये अधिकांश शवको पहिचान हुन बाँकी रहेको छ।