नेभिगेशन
समाज

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि छ चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बाढी प्रभावित रसुवाको भोटेकोशी क्षेत्रमा वर्षाको समेत जोखिम रहेकाले खोज तथा उद्धारमा चुनौती आउन सक्ने जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज भोटेकोशी बाढी प्रभावित अधिकांश क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ। एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले खोज तथा उद्धार प्रभावित हुनसक्ने भन्दै उनले सतर्कता अपनाउन आग्रह गरेका छन्।

Ncell
Extreme Energy

‘एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले खोज तथा उद्धार प्रभावित हुनसक्छ। त्यसैले सतर्कता आवश्यक छ,’ उनले बताए।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै तथा मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णालीको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थान तथा अन्य केही हिमाली र पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा वर्षा हुने सम्भावना छ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा वर्षाको सम्भावना रहेकाले उद्धारमा खटिएका सुरक्षाकर्मी तथा स्थानीयवासीलाई थप सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी हुन् भोटेकोशी बाढीका कारण ‘विपद् संकटग्रस्त क्षेत्र’  घोषित १५ स्थानीय तह

यी हुन् भोटेकोशी बाढीका कारण ‘विपद् संकटग्रस्त क्षेत्र’  घोषित १५ स्थानीय तह

विपद् संकटग्रस्त क्षेत्रमा रसुवाको उत्तरगया गाउँपालिका, गोसाइँकुण्ड गाउँपालिका, कालिका गाउँपालिका र आमाछोदिङमो गाउँपालिका रहेको छ भने नुवाकोटको विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिका रहेका छन...
दुुई वर्षीया छोरी भेलमा बगिन्, बचाउन जाँदा आमा पनि रहिनन्

दुुई वर्षीया छोरी भेलमा बगिन्, बचाउन जाँदा आमा पनि रहिनन्

पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ ।
बाढीपछि विभिन्न अस्पतालमा ३९३ शव, अधिकांशको पहिचान हुन बाँकी

बाढीपछि विभिन्न अस्पतालमा ३९३ शव, अधिकांशको पहिचान हुन बाँकी

भोटेकोशी–त्रिशूली–नारायणी नदीमा आएको बाढीपछि विभिन्न जिल्लाबाट संकलन गरिएका ३९३ शव विभिन्न अस्पताल तथा अस्थायी शवगृहमा राखिएको छ। तीमध्ये अधिकांश शवको पहिचान हुन बाँकी रहेको छ।