नेभिगेशन
समाज

यी हुन् भोटेकोशी बाढीका कारण ‘विपद् संकटग्रस्त क्षेत्र’  घोषित १५ स्थानीय तह

काठमाडौँ । सरकारकोे रसुवाको भोटेकोशी बाढीका कारण अति प्रभावित ५ जिल्लाका १५ स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय राजपत्रमा प्रकाशित भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रसुवाका ४, नुवाकोटका ४, धादिङका ४, तनहुँका २ र गोरखाका १ गरी १५ स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय सरकारले गरेको थियो ।

Ncell
Extreme Energy

गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा ९१० ले दिएको अधिकार प्रयोग गरी यो घोषणा गरेको हो।

विपद् संकटग्रस्त क्षेत्रमा रसुवाको उत्तरगया गाउँपालिका, गोसाइँकुण्ड गाउँपालिका, कालिका गाउँपालिका र आमाछोदिङमो गाउँपालिका रहेको छ भने नुवाकोटको विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिका रहेका छन ।
यसैगरी धादिङको गल्छी गाउँपालिका, सिद्धलेक गाउँपालिका, गजुरी गाउँपालिका र बेनीघाट रोराङ गाउँपालिका विपद् संकटग्रस्त घोषणा गरिएको छ भने तनहुँको देवघाट गाउँपालिका र आँबुखैरेनी गाउँपालिका तथा गोरखाको गण्डकी गाउँपालिका रहेका छन ।

नेपाल–चीन सीमास्थित भोटेकोशी(ल्हेन्देमा आएको विनाशकारी बाढीका कारण ती जिल्लाका स्थानीय तहहरूमा ठूलो क्षति पुगेकाले यो निर्णय लिइएको राजपत्रमा उल्लेख छ।

विपद् संटग्रस्त क्षेत्र घोषणा भएपछि ती क्षेत्रहरूमा राहत, पुनस्र्थापना र पुनर्निर्माणका कार्यहरूलाई प्राथमिकताका साथ अगाडि बढाउन कानुनी रूपमा सरकारलाई सहज हुनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीले बगाएर ल्याएको बैंकको सेफ फोड्ने २९ जना पक्राउ, ९२ लाख बढी बरामद

बाढीले बगाएर ल्याएको बैंकको सेफ फोड्ने २९ जना पक्राउ, ९२ लाख बढी बरामद

उनीहरूबाट ९२ लाख ६८ हजार ५०५ रूपैयाँ बरामद गरिएको छ ।  यस विषयमा थप जानकारी प्राप्त हुन बाँकी छ ।
दुुई वर्षीया छोरी भेलमा बगिन्, बचाउन जाँदा आमा पनि रहिनन्

दुुई वर्षीया छोरी भेलमा बगिन्, बचाउन जाँदा आमा पनि रहिनन्

पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ ।
भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि छ चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि छ चुनौती

जल तथा मौसम पूर्वानुमान महाशाखाले बाढी प्रभावित रसुवाको भोटेकोशी क्षेत्रमा वर्षाको समेत जोखिम रहेकाले खोज तथा उद्धारमा चुनौती आउन सक्ने जनाएको छ।
बाढीपछि विभिन्न अस्पतालमा ३९३ शव, अधिकांशको पहिचान हुन बाँकी

बाढीपछि विभिन्न अस्पतालमा ३९३ शव, अधिकांशको पहिचान हुन बाँकी

भोटेकोशी–त्रिशूली–नारायणी नदीमा आएको बाढीपछि विभिन्न जिल्लाबाट संकलन गरिएका ३९३ शव विभिन्न अस्पताल तथा अस्थायी शवगृहमा राखिएको छ। तीमध्ये अधिकांश शवको पहिचान हुन बाँकी रहेको छ।