नेभिगेशन
मुख्य समाचार

भोटेकोशी बाढीका सात घाइतेको आईसीयूमा उपचार

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भोटेकोशी बाढीमा परी घाइते भएका सात जनाको आईसीयुमा राखेर उपचार भइरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंका अनुसार अस्पतालमा उपचाररत २९ जनामध्ये सात जनाको आईसीयुमा उपचार भइरहेको छ । उपचाररत छ जनालाई डिस्चार्ज गरिएको तथा एक जनाको उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

Marvel
Extreme Energy

अस्पतालका अनुसार आईसीयुमा उपचाररतमा अशोक श्रेष्ठ, बालबहादुर घर्ती, मीनबहादुर श्रेष्ठ, पवित्र कार्की, पेमा तामाङ, राजेन्द्र भट्ट र महेश्वर शाह रहेका छन् ।

त्यस्तै, उपचारपछि डिस्चार्ज हुनेमा गिरीलाल बुढाथोकी, कर्मा योन्जन नगरकोटी, निम दोर्जे शेर्पा, रुपक रोका, सुजन बस्नेत र सुशान्त श्रेष्ठ रहेका छन् । उपचारका क्रममा २५ वर्षीय कुशल मगरको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अन्य घाइतेको अर्थोपेडिक, ईएनटी तथा अब्जरभेसन वार्डमा राखेर उपचार भइरहेको प्रवक्ता डा सेढाईंले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ...
‘नेपाल-जापान सम्बन्धको आगामी ७० वर्षलाई शिक्षा, नवप्रवर्तन र सहकार्यमा केन्द्रित गर्नुपर्छ’: परराष्ट्रमन्त्री खनाल

‘नेपाल-जापान सम्बन्धको आगामी ७० वर्षलाई शिक्षा, नवप्रवर्तन र सहकार्यमा केन्द्रित गर्नुपर्छ’: परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री खनालले अहिले जापानमा तीन लाखभन्दा बढी नेपाली बसोबास गरिरहेको र गत वर्ष जापानमा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपाली विद्यार्थी दोस्रो ठूलो समूहका रूपमा रहेको उल्लेख गर्दै यसले...
एनपिएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल

एनपिएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल

प्रतियोगिताका १३ खेल सम्पन्न हुँदा नेपाली खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै व्यक्तिगत प्रदर्शनमा आफूलाई अब्बल साबित गरिरहेका छन् । यसअघिका संस्करणमा सुरुआती चरणदेखि विदेशी खेलाडीको प्रदर्शनले बढी चर्चा...
प्रधानमन्त्री शाहसँग भारतका विदेश सचिव मिश्रीले भेट गर्दै

प्रधानमन्त्री शाहसँग भारतका विदेश सचिव मिश्रीले भेट गर्दै

भ्रमणका क्रममा विदेश सचिव मिश्रीले बुधबार नै अर्थमन्त्री डा स्वर्णीम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधारमन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता...

भर्खरै