नेभिगेशन
समाज

लेदोमा डुब्यो विद्यालय, कक्षामै छन् विद्यार्थीका झोला

धादिङ । जहिले चक र डस्टरको आवाज गुञ्जायमान हुने कक्षाकोठा अहिले बाक्लो लेदोले पुरिएको छ। भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले धादिङको गल्छी गाउँपालिका–६, बैरेनी बजारस्थित बागेश्वरी माध्यमिक विद्यालयको आँगनदेखि कक्षाकोठासम्मै लेदो भरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भदौ १० गते बिहान विद्यार्थीहरू नियमितझैँ विद्यालय पुगेका थिए। कक्षामा पढाइ सुरु भइसकेको थियो। तर, अचानक बाढी आएको खबर फैलिएपछि विद्यालयमा भागादौड मच्चियो ।

Ncell
Extreme Energy

हतारमा विद्यार्थीहरू कक्षा छाडेर निस्किए । कसैले आफ्ना किताब सम्हाल्न भ्याए, कसैले जुत्ता। धेरैले भने काँधका झोला समेत कक्षामै छाडेर ज्यान जोगाउन दौडिए।

अहिले ती झोला कक्षाकोठामै छन्—लेदोले घेरिएका, पढाइका अधुरा कथाजस्तै।

विद्यालयको प्रांगणमा बाढीले ल्याएको लेदो थुप्रिएको छ। कक्षाकोठाभित्र पनि त्यही लेदो पस्दा पढ्ने ठाउँको स्वरूप नै बदलिएको छ।

तर, यो विनाशबीच एउटा राहत दिने खबर छ—विद्यालयमा अध्ययनरत सबै विद्यार्थी सुरक्षित छन्।

Bageshwori-School-Dhading-Photos_NPL_PCTimilsina-(5)-1787996001.jpeg

Bageshwori-School-Dhading-Photos_NPL_PCTimilsina-(3)-1787996001.jpeg

Bageshwori-School-Dhading-Photos_NPL_PCTimilsina-(4)-1787996000.jpeg

Bageshwori-School-Dhading-Photos_NPL_PCTimilsina-(2)-1787996000.jpeg

Bageshwori-School-Dhading-Photos_NPL_PCTimilsina-(10)-1787995999.jpeg

Bageshwori-School-Dhading-Photos_NPL_PCTimilsina-(6)-1787995999.jpeg

Bageshwori-School-Dhading-Photos_NPL_PCTimilsina-(11)-1787995999.jpeg

Bageshwori-School-Dhading-Photos_NPL_PCTimilsina-(7)-1787995999.jpeg

Bageshwori-School-Dhading-Photos_NPL_PCTimilsina-(17)-1787995997.jpeg

Bageshwori-School-Dhading-Photos_NPL_PCTimilsina-(1)-1787995998.jpeg

Bageshwori-School-Dhading-Photos_NPL_PCTimilsina-(12)-1787995998.jpeg

Bageshwori-School-Dhading-Photos_NPL_PCTimilsina-(20)-1787995997.jpeg

Bageshwori-School-Dhading-Photos_NPL_PCTimilsina-(14)-1787995997.jpeg

Bageshwori-School-Dhading-Photos_NPL_PCTimilsina-(16)-1787995997.jpeg

Bageshwori-School-Dhading-Photos_NPL_PCTimilsina-(22)-1787995996.jpeg

Bageshwori-School-Dhading-Photos_NPL_PCTimilsina-(24)-1787995996.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारतबाट आइसक्यो, चीनबाट पनि आउँदैछ उद्धार टोली

भारतबाट आइसक्यो, चीनबाट पनि आउँदैछ उद्धार टोली

परराष्ट्रमन्त्री शिशिर खनालले आज पत्रकार सम्मेलन गरी भारतबाट आएको ११ सदस्यीय प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालित भइसकेको र चीनबाट पनि उद्धार टोली छिट्टै आइपुग्ने बताएका हुन् ।
जंगलको बीचमा खाल्डो खनेर पुरिँदै बेवारिसे शव

जंगलको बीचमा खाल्डो खनेर पुरिँदै बेवारिसे शव

भोटेकोशीमा आएको बाढीपछि चितवनस्थित नारायणी नदीमा फेला परेका बेवारिसे शव जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ ।
बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई भेटेर भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन आग्रह गरेका छन् ।
भोटेकोशी बाढीको चौथो दिन ४४ जनाको उद्धार (तस्बिरहरू)

भोटेकोशी बाढीको चौथो दिन ४४ जनाको उद्धार (तस्बिरहरू)

सेनाका अनुसार सैनिक हेलिकोप्टरबाट आज दिउँसो साढे १२ बजेसम्म बजेसम्म ४ चिनियाँ र ३ भारतीय नागरिकसहित ४४ जनाको उद्धार गरिएको हो ।