नेभिगेशन
समाज

रसुवा बाढीपछि शिलापत्रका प्रकाशक सुरेश सिम्खडा र नयाँ पत्रिकाकर्मी टेकराज थामी सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि शिलापत्र मिडिया नेटवर्कका प्रकाशक सुरेश सिम्खडा सम्पर्कविहीन भएको उक्त समाचार संस्थाले बताएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भोटेकोशी बाढीपछि प्रकाशक सिम्खडाकी आमा र दिदीसमेत सम्पर्कविहीन छन् ।

Ncell
Extreme Energy

शिलापत्रका अनुसार सिम्खडा गत भदौ ९ गते काठमाडौँबाट कैलाश मानसरोवर यात्रामा निस्किएका थिए । काठमाडौंबाट प्रस्थान गरेका दिन उनी रसुवाको टिमुरेस्थित होटल कैलाशमा बसेको थाहा भएको छ । यात्रामा आमा गोमा सिम्खडा र दिदी शारदा सिम्खडा पनि सँगै थिए ।

भदौ १० गते बाढी आएको दिन बिहान साढे ७ बजेसम्म काठमाडौंस्थित परिवार तथा शिलापत्रसँग सिम्खडाको सम्पर्क भएको र बाढीपछि उनीहरू सबैको अवस्था अज्ञात छ ।
सिम्खडाको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायलाई परिवारले आग्रह गरेको छ।

शिलापत्रका अनुसार सिम्खडा परिवारसहित हिमालयन ग्लेसियर एड्भेन्चर एन्ड कम्पनीमार्फत कैलाश मानसरोवर यात्रामा गएको थियो। टोलीमा सिम्खडा परिवारसहित ४० विदेशी पर्यटक र सात नेपाली कर्मचारी गरी ४७ रहेको बताइएको छ ।

उक्त टोली भदौ १० गतेदेखि रसुवागढी क्षेत्रबाट सम्पर्कविहीन भएको भन्दै ट्रेकिङ कम्पनीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत उद्धारमा संलग्न निकायलाई खोज तथा उद्धारमा सहयोग गर्न आग्रह गरेको छ।

यसैबीच, रसुवा गएका नयाँ पत्रिकाकर्मी टेकराज थामी पनि सम्पर्कविहीन छन् ।  बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका उनको नेपाल र चीन दुवैतर्फ खोजी भइरहेको उनकी पत्नी कालिका खड्काले बताएकी छन् ।

मंगलबार रसुवातर्फ लागेका थामीको बेलुका परिवारसँग सम्पर्क भएको थियो । त्यसयता उनको कसैसँग सम्पर्क नभएको खड्काले बताइन् ।  खड्काको सबै निकायबाट खोजी र उद्धारका लागि पहल गरिदिन अपिल गरेकी छन्।

‘मेरो श्रीमान् टेकबहादुर थामी केरुङको एक कार्यक्रममा जाने क्रममा मंगलबार रसुवागढी पुग्नुभएको थियोे ।  बुधबार बिहान ८ः२१ बजेसम्म मोबाइल लोकेसन देखिनुहुन्छ । त्यसपछि फोन अफ छ । उहाँ अहिलेसम्म परिवारको सम्पर्कमा आउनुभएको छैन,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

थामीले पत्रकार अन्वेषण अधिकारीको म्यासेजरमा कल गरेकोजस्तो रातो संकेत देखिएको थियो ।

त्यसको स्पष्ट आधार, सम्पर्क अहिलेसम्म केही प्राप्त नभएको उनले बताइन् । 

‘उहाँको अवस्थाबारे हामी चिन्तित छौ । सम्बन्धित सबै निकायबाट खोजी तथा उद्धारका लागि पहल होस्। उहाँबारे कुनै जानकारी भए परिवार वा सम्बन्धित निकायलाई जानकारी गराइदिनुहुन अनुरोध छ,’ उनले भनेकी छन् ।

सिधाकुरासँगको कुराकानीमा उनले थामीको अवस्थाबारे केही खुल्न नसकेको बताइन् ।
‘केरूङ आसपास, नेपालको सीमावर्ती क्षेत्रमा अझै धेरै मानिस उद्धारको प्रतीक्षामा छन् भन्ने सुनेका छौं । त्यहाँ उद्धारकर्मी पुगेका छैनन् । उद्धार प्रयास पनि प्रभावकारी रूपमा भएको छैन,’ उनले भनिन् ।

थामीले सोमबारदेखि चार दिनका लागि कार्यालयमा बिदा लिएको नयाँ पत्रिकाले बताएको छ ।

आफू कार्यक्रममा सहभागी हुन केरुङ जाने उनले परिवारलाई बताएका थिए । उनी चीनतर्फ गए–नगएको पुष्टि हुन नसकेको नयाँ पत्रिकाले बताएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
टनेलमा फसेकाहरुको परिवारलाई ऊर्जामन्त्री श्रेष्ठले भने: आजै साँझसम्म टनेलभित्र जानसक्ने प्रयास छ

टनेलमा फसेकाहरुको परिवारलाई ऊर्जामन्त्री श्रेष्ठले भने: आजै साँझसम्म टनेलभित्र जानसक्ने प्रयास छ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवा बाढीबाट विभिन्न जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका मजदुर, कर्मचारी र स्थानीयको उद्धारको लागि उद्धार टोली आज साँझसम्म टनेलसम्म पुग्ने प्रयासमा...
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच  के भयो कुराकानी ?

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच  के भयो कुराकानी ?

परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच शनिबार टेलिफोन वार्ता भएको छ।
रसुवा, नुवाकोट र काठमाडौँका यी १४ अस्पतालमा हुँदैछ घाइतेको उपचार

रसुवा, नुवाकोट र काठमाडौँका यी १४ अस्पतालमा हुँदैछ घाइतेको उपचार

भोटेकोशी बाढीमा परी उद्धार गरिएका घाइतेहरुको रसुवा, नुवाकोट र काठमाडौँका १४ अस्पतालमा उपचार भइरहेको छ ।
देउवा पक्षले छुट्टै महाधिवेशन गर्ने (शशांकको विज्ञप्तिसहित)

देउवा पक्षले छुट्टै महाधिवेशन गर्ने (शशांकको विज्ञप्तिसहित)

कांग्रेस इतर समूहको १५ औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले आज विज्ञप्ति जारी गरी सर्वोच्च अदालतबाट महाधिवेशन रोक्ने आदेश नआएका कारण १५ औं महाधिवेशन गर्ने वैधानिक...

भर्खरै