नेभिगेशन
मुख्य समाचार

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच  के भयो कुराकानी ?

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच शनिबार टेलिफोन वार्ता भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वार्ताका क्रममा रसुवा–जिलोङ बन्दरगाह क्षेत्रमा आएको विनाशकारी बाढीबाट नेपाल र चीनमा भएको जनधनको क्षतिप्रति दुवै नेताले दुःख व्यक्त गरेका छन्। उनीहरूले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

Ncell
Extreme Energy

दुवै नेताबीच बाढी प्रभावित क्षेत्रमा जारी खोज, उद्धार तथा राहत कार्यबारे छलफल भएको छ। साथै, चीनमा बाढीका कारण अलपत्र परेका नेपाली नागरिकको उद्धार तथा स्वदेश फिर्तीका विषयमा समेत कुराकानी भएको छ।

परराष्ट्रमन्त्री खनालले विपद्को कठिन घडीमा चीन सरकारले उपलब्ध गराएको आकस्मिक मानवीय राहत तथा सहयोगप्रति विदेशमन्त्री वाङमार्फत चिनियाँ सरकारलाई धन्यवाद दिएका छन्।

वार्तामा नेपाल र चीनबीच वास्तविक समयका जल तथा मौसमसम्बन्धी तथ्यांक आदानप्रदानलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ।

भविष्यमा यस्ता विपद्को जोखिम न्यूनीकरण गर्न प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्नुका साथै दुई देशबीच विद्यमान संयन्त्रलाई थप सुदृढ गर्दै सहकार्य बढाउनेमा दुवै पक्षले जोड दिएका छन्।

विपद् व्यवस्थापन, सूचना आदानप्रदान तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन नेपाल र चीनबीच निरन्तर समन्वय र सहकार्य गर्ने विषयमा समेत कुराकानी भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
टनेलमा फसेकाहरुको परिवारलाई ऊर्जामन्त्री श्रेष्ठले भने: आजै साँझसम्म टनेलभित्र जानसक्ने प्रयास छ

टनेलमा फसेकाहरुको परिवारलाई ऊर्जामन्त्री श्रेष्ठले भने: आजै साँझसम्म टनेलभित्र जानसक्ने प्रयास छ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवा बाढीबाट विभिन्न जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका मजदुर, कर्मचारी र स्थानीयको उद्धारको लागि उद्धार टोली आज साँझसम्म टनेलसम्म पुग्ने प्रयासमा...
रसुवा, नुवाकोट र काठमाडौँका यी १४ अस्पतालमा हुँदैछ घाइतेको उपचार

रसुवा, नुवाकोट र काठमाडौँका यी १४ अस्पतालमा हुँदैछ घाइतेको उपचार

भोटेकोशी बाढीमा परी उद्धार गरिएका घाइतेहरुको रसुवा, नुवाकोट र काठमाडौँका १४ अस्पतालमा उपचार भइरहेको छ ।
रसुवा बाढीपछि शिलापत्रका प्रकाशक सुरेश सिम्खडा र नयाँ पत्रिकाकर्मी टेकराज थामी सम्पर्कविहीन

रसुवा बाढीपछि शिलापत्रका प्रकाशक सुरेश सिम्खडा र नयाँ पत्रिकाकर्मी टेकराज थामी सम्पर्कविहीन

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि शिलापत्र मिडिया नेटवर्कका प्रकाशक सुरेश सिम्खडा र नयाँ पत्रिकाकर्मी टेकराज थामी सम्पर्कविहीन भएको ती समाचार संस्थाले जनाएका छन् ।
देउवा पक्षले छुट्टै महाधिवेशन गर्ने (शशांकको विज्ञप्तिसहित)

देउवा पक्षले छुट्टै महाधिवेशन गर्ने (शशांकको विज्ञप्तिसहित)

कांग्रेस इतर समूहको १५ औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले आज विज्ञप्ति जारी गरी सर्वोच्च अदालतबाट महाधिवेशन रोक्ने आदेश नआएका कारण १५ औं महाधिवेशन गर्ने वैधानिक...

भर्खरै