नेभिगेशन
समाज

बाढी प्रभावितबारे प्रधानमन्त्री बालेन शाह: नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढीपछि सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत तथा पुनःस्थापनाका कामलाई तीव्र बनाएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनका काम नतिजा नआएसम्म निरन्तर जारी रहने बताएका हुन्।

Ncell
Extreme Energy

‘राज्यका सबै किसिमका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता हो,’ प्रधानमन्त्री शाहले भनेका छन्।

उनका अनुसार प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थितिका बाबजुद बाढी प्रभावित क्षेत्रबाट हालसम्म ७ हजार ५१४ जनालाई हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ।
‘नेपाल सरकार प्रभावित नागरिकहरूको साथमा छ र उद्धार तथा पुनःस्थापनाका कार्यहरू नतिजा नआएसम्म निरन्तर जारी राख्नेछ,’ प्रधानमन्त्री शाहले भनेका छन्।

प्रधानमन्त्रीले विपद्को समयमा पीडितहरूको जीवन रक्षा र मनोबल बढाउने गरी सूचना प्रवाह गर्न आमसञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रहसमेत गरेका छन्।
‘विपद्को समयमा समाजले भरोसा, सही दिशा र सत्य–तथ्य खोजिरहेको हुन्छ,’ उनले भनेका छन्, ‘त्यसैले पीडितहरूको जीवन रक्षा र उहाँहरूको मनोबल बढाउने गरी सूचना प्रवाह गरिदिन आमसञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध गर्दछु।’

सरकारले प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका १८ हजार ७०८ जना सुरक्षाकर्मी परिचालन गरेको छ। उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर प्रयोग भइरहेको र हालसम्म २३६ उडान भइसकेको प्रधानमन्त्रीको भनाइ छ।

प्रधानमन्त्रीका अनुसार विभिन्न जलविद्युत् आयोजनामा फसेका २७९ जनाको समेत उद्धार भइसकेको छ। बाँकी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ।
बाढी प्रभावितको उपचार, अस्थायी आवास, राहत वितरण, सञ्चार तथा सडक सञ्जाल पुनःस्थापनालाई पनि सरकारले प्राथमिकतामा राखेको प्रधानमन्त्रीले बताएका छन्।
सरकारका अनुसार बाढीबाट विस्थापित करिब ३ हजार ५०० जनालाई विद्यालय तथा सार्वजनिक र सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको छ। रसुवा र नुवाकोटमा १८ वटा राहत शिविर सञ्चालनमा छन्।
प्रधानमन्त्रीले विपद्का नाममा हुने सम्भावित आर्थिक ठगीबाट जोगिन सरकारका आधिकारिक खातामा मात्र सहयोग गर्न आग्रह गरेका छन्। राहत तथा सहयोगको पारदर्शी उपयोग र व्यवस्थापनमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।
बाढीबाट क्षतिग्रस्त सडक तथा सञ्चार पूर्वाधार पुनःस्थापनाको कामसमेत अघि बढेको सरकारले जनाएको छ। रसुवा पुनः राष्ट्रिय सडक सञ्जालसँग जोडिएको तथा नेपाल टेलिकम र एनसेलका अधिकांश अवरुद्ध बिटिएस टावर पुनः सञ्चालनमा ल्याइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

सशस्त्र प्रहरी बल नेपाल २० नम्बर गुल्म धुन्चेबाट खटिएको टोलीले हिलाम्मे अवस्थामा रहेकी बालिका शिरगङ्गा इचाई मगरको उद्धार गरेको हो । गम्भीर घाइते अवस्थामा भेटिएकी बालिकालाई हेलिकप्टरमार्फत रसुवा...
आइएमई समूहद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ १० करोड सहयोग

आइएमई समूहद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ १० करोड सहयोग

आइएमई ग्रुप तथा ग्रुपद्वारा प्रवर्द्धन गरिएका कम्पनी ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स एवं साझेदार कम्पनी अशोक लेल्याण्ड,...