नेभिगेशन
समाज

त्रिशूली–३ ‘ए’ उद्धार अपडेट : ७ मिटर ड्रिलिङ, टनेलभित्र पानी नरहेको देखियो

बाढीको सतह बढ्दा सुरक्षाका कारण काम रोकियाे

काठमाडौँ । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमार्गभित्र फसेका मजदुर, कर्मचारी र स्थानीयको उद्धार कार्य निरन्तर अघि बढिरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल विद्युत प्राधिकरणको पछिल्लो विवरणअनुसार माथिल्लो भागबाट गरिएको ड्रिलिङ करिब ७ मिटरसम्म पुगेपछि टनेलको क्राउन भेटिएको छ । त्यसपछि भित्र अक्सिजन तथा माइक्रोफोन पठाएर गरिएको प्रारम्भिक जाँचमा टनेलभित्र पानी नरहेको पाइएको छ ।

Ncell
Extreme Energy

यद्यपि, मुख्य केबल टनेलको बिन्दु भने अझै यकिन रूपमा पहिचान हुन सकेको छैन । सोही बिन्दु पत्ता लगाउने उद्देश्यले थप कार्य जारी रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणकाअनुसार बोर्ड सदस्य अंशुकिरण शाहीकाअनुसार बाढीको सतह बढेका कारण साइटमा खटिएका सबै जनशक्तिलाई हाल सुरक्षित रूपमा माथिल्लो भागमा सारिएको छ । पानीको सतह कम भएपछि तल्लो भागमा पुनः पुगेर उद्धार कार्य अघि बढाउने तयारी छ ।

साइटमा गरिएको उत्खननको केही भाग बाढीका कारण प्रभावित भएको छ । एक्साभेटर लगायतका मेसिनरीहरू भने सुरक्षित अवस्थामा छन् ।

शान्ति बजारबाट साइटतर्फ जाने पहुँच सडक केही प्रभावित भएको छ ।

प्राधिकरणकाअनुसार केबल ड्रमदेखि चार्जिङसम्मको सम्पूर्ण चार्जिङ सेटअप तयार अवस्थामा रहेको छ । हाल सबै जनशक्ति माथिल्लो सुरक्षित स्थानमा रहेकाले चार्जिङसम्बन्धी काममा केही अवरोध आएको हो । पानीको सतह कम भई तल्लो भागमा पुग्न सकिने अवस्था बनेपछि चार्जिङ कार्य अघि बढाइने प्राधिकरणले जनाएको छ । 

राति करिब बिहान ४:३० बजेसम्म काम भएको र त्यसपछि बाढीको सतह तथा सुरक्षा अवस्थाका कारण काम रोकिएको बोर्ड सदस्य शाहीले बताए । 

हालको अवस्थाअनुसार एक्साभेटर अपरेटर तत्काल आवश्यक नरहेको अवस्था छ ।

मानवीय जीवनको सुरक्षा सर्वोच्च प्राथमिकतामा राख्दै, मौसम तथा साइटको सुरक्षा अवस्था अनुकूल हुनेबित्तिकै उद्धार तथा खोजी कार्यलाई पुनः तीव्रताका साथ अघि बढाइने शाहीले बताए । 'सबैको सुरक्षित उद्धारका लागि प्रयास निरन्तर जारी छ,' उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीले धादिङको गल्छीमा चार घर बगायो

बाढीले धादिङको गल्छीमा चार घर बगायो

बाढीले धादिङको गल्छी गाउँपालिका–४ चिरौदीमा चार वटा घर बगाएको छ।
देवघाटमा यसरी गरिँदैछ पहिचान हुन नसकेका शवको व्यवस्थापन

देवघाटमा यसरी गरिँदैछ पहिचान हुन नसकेका शवको व्यवस्थापन

त्रिशूली तथा नारायणी नदी किनारमा फेलापरेका पहिचान हुन नसकेका शवलाई भविष्यमा आफन्तजनले पहिचान गर्न सक्नेगरी वैज्ञानिक विधिअनुसार चितवनको भरतपुर–१ स्थित देवघाट जङ्गलमा सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्न थालिएको...
बाढीले पृथ्वी राजमार्ग भासियो, दुईतर्फी सवारी आवागमन पूर्णरूपमा अवरुद्ध

बाढीले पृथ्वी राजमार्ग भासियो, दुईतर्फी सवारी आवागमन पूर्णरूपमा अवरुद्ध

रसुवाबाट अचानक आएको बाढीका कारण धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरस्थित पृथ्वी राजमार्ग भासिएपछि सडकमा दुईतर्फी सवारी आवागमन पूर्णरूपमा रोकिएको छ।
नेपालका बाढीपीडितका लागि अमेरिकाले गर्‍यो ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

नेपालका बाढीपीडितका लागि अमेरिकाले गर्‍यो ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।