नेभिगेशन
समाज

बाढीमा बेपत्ता आफन्तको खोजीको कहर

काठमाडौँ । भोटेकोशी बाढीमा बेपत्ता भएका आफन्तहरूको खोजीमा उनीहरुका परिवारजन यहाँका विभिन्न अस्पताल र प्रहरी कार्यालयमा तस्बिरसहित  भौँतारिरहेका छन् ।
बितेका पाँच दिनदेखि उनीहरुको खोजी जारी छ भने हराएकाहरुलाई जीवितै भेटिने आशा मरेको छ तर खोजीलाई  निरन्तरता दिइरहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भदौ १० गतेदेखि नै नुवाकोट र रसुवाको सीमामा पर्ने बेत्रावतीकी उमा गोले र उनका छोराछोरी बाढीपछि बेपत्ता छन् । उनकी बहिनी बिमा गोले दिदी र भान्जाभान्जीको खोजीमा विभिन्न निकाय तथा स्थानमा पुगिरहेकी छन् । दिदी कसरी बेपत्ता हुनुभयो र अहिले उहाँहरूको अवस्था के छ भन्नेबारे बिमालाई कुनै जानकारी छैन ।

Ncell
Extreme Energy

दिदीको खोजीका लागि उनी आफन्तका तस्बिर बोकेर विभिन्न स्थानमा पुगिरहेकी छन् । दिदीबारे कुरा गर्दा उनी भावुक हुन्छिन् । बोल्दाबोल्दै भक्कानिन्छिन् । “दिदी र छोराछोरीको केही खबर पाइन्छ कि भन्ने आशामा यताउता खोज्दै हिँडेकी छु”, यति भन्दै गर्दा उनको आँसु थामिएन ।

बिमा गोलेका अनुसार भदौ १० गते प्रकोप आउनुअघि बिहान ९ बजेर १४ मिनेटसम्म उमा गोलेसँग फोन सम्पर्क भएको थियो । “भाग, भाग, भाग्नुपर्छ” भन्दै कुराकानी भइरहेका बेला एकाएक फोन सम्पर्क टुटेको उहाँले लामो श्वास तान्दै बताउनुभयो । त्यसपछि उमासहित उनका छोराछोरीको कुनै खबर आएको छैन । “जीवित भेटिने आशा कम हुँदै गएको छ, तर कतै भेटिन्छन् कि भन्ने आशा अझै मरेको छैन”, बिमाले बताइन् ।

त्यस्तै, दाङ घर भएकी धनसरी नेपाली रसुवागढीमा बाढीका क्रममा बेपत्ता भएका आफ्ना २६ वर्षीय छोरा निरज नेपालीको खोजीमा विभिन्न स्थानमा पुगिरहेकी छन् । रसुवागढीमा जेसीबी चालकका रूपमा कार्यरत निरज बाढीपछि अहिलेसम्म सम्पर्कमा आएका छैनन् । छोराको खोजीमा आमा धनसरी विभिन्न निकाय र सम्भावित स्थानमा पुगेर बिलौना गरिरहेकी छन् ।
बर्दियाका शिवबहादुर थारू पनि रसुवाको मैलुङबाट बेपत्ता भएका छन् । उनको खोजीमा भाइ सुमावीर थारू विभिन्न स्थानमा पुगिरहेका छन् ।

बाढीमा सर्वसाधारणसँगै सुरक्षाकर्मीसमेत बेपत्ता भएका छन् । चिमुरे प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान सम्राट शेर्पा बाढीका बेला प्रहरी भ्यानसहित बेपत्ता भएका हुन् । रामेछापको गोकुलगङ्गा–३ घर भएका शेर्पाको खोजीका लागि उनका काका गणेश शेर्पाले शिक्षण अस्पताल, धुन्चे, जिल्ला प्रहरी कार्यालयलगायत विभिन्न स्थानमा खोजी गरिरहेका छन् ।

गणेशका अनुसार आफन्तहरूको टोलीलाई सम्भव भएसम्म त्रिशूलीसम्म पठाइएको छ । रसुवा जान सक्ने अवस्था नरहेकाले चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा समेत खोजीका लागि मानिसहरू पठाइएको तर अहिलेसम्म सम्राटको कुनै खबर प्राप्त हुन नसकेको बताए ।

त्यसैगरी, रामेछापका धनलाल तामाङ आफ्ना आफन्त दलबहादुर तामाङको खोजीमा छन् । ककनी गाउँपालिका–३, नुवाकोट निवासी दलबहादुर रसुवागढी भन्सारमा कार्यरत थिए । बाढी आएको दिनदेखि उनी पनि बेपत्ता छन् ।

भोटेकोशीको बाढीले धेरै परिवारलाई शोक, पीडा र अनिश्चितताको अवस्थामा पुर्याएको छ । बेपत्ता आफन्तको खोजीमा परिवारजन अस्पतालदेखि नदी किनारसम्म पुगिरहेका छन् । समय बित्दै जाँदा आशा कमजोर बन्दै गए पनि आफ्ना प्रियजन कतै जीवित भेटिने विश्वास उनीहरूले अझै त्यागेका छैनन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अनुसार आज दिउँसो १ बजेसम्म ७५२ जनाको शव भेटिएको हो ।
भोटेकोशी विपद् बारे छलफल गर्न रविले बोलाए रास्वपाको केन्द्रीय समिति बैठक

भोटेकोशी विपद् बारे छलफल गर्न रविले बोलाए रास्वपाको केन्द्रीय समिति बैठक

विपद् व्यवस्थापनका बहुआयामिक पक्षहरुका सम्बन्धमा छलफल गर्न बोलाइएको बैठकमा सबै केन्द्रीय सदस्यलाई अनिवार्य गरिएको छ ।
शिक्षण अस्पतालले भन्यो– शव राख्ने ठाउँ छैन

शिक्षण अस्पतालले भन्यो– शव राख्ने ठाउँ छैन

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले भोटेकोशी बाढीमा परी मृत्यु भएका व्यक्तिहरुको शव सुरक्षित राख्न समस्या भएको जनाएको छ ।
हाइड्रोका ३७८ कर्मचारी अझै सम्पर्कविहीन

हाइड्रोका ३७८ कर्मचारी अझै सम्पर्कविहीन

भोटेकोशीमा आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा निर्मित तथा निर्माणाधीन विभिन्न जलविद्युत आयोजनामा कार्यरत ३७८ कर्मचारी अझै सम्पर्कविहीन छन् ।