नेभिगेशन
समाज

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ: परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि आज विदुर नगरपालिका–१, ढुङ्गे पुगेका उनले भने, “प्रारम्भिक जानकारी अनुसार केरुङमा एक हजार जना नेपाली हुनुहुन्छ भन्ने सूचना  छ, उहाँहरूलाई वैकल्पिक मार्गबाट नेपाल ल्याउँछौँ ।”

Ncell
Extreme Energy

सिन्धुपाल्चोकस्थित तातोपानी नाका सञ्चालन गर्न र मुस्ताङको कोरला नाका प्रयोगमा ल्याउन चिनियाँ पक्षसँग अनुरोध गरिसकेको उहाँले जानकारी दिए ।
 मन्त्री खनालले जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारमा विदेशी सहायता आवश्यक देखिएपछि चिनियाँ र भारतीय विशेषज्ञलाई बोलाइएको स्पष्ट पारे ।

“आवश्यक परेमा अन्य मुलुकबाट पनि सहयोग लिन सकिन्छ”, उहाँले भन्नुभयो, “हामीलाई विश्वसमुदायबाट सहयोगको प्रतिबद्धता आइरहेका छन् । आवश्यकताअनुसार सहयोग लिन्छौँ ।”  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
त्रिशूली–३ ‘ए’ को सुरुङमा प्रवेश गरे उद्धारकर्मी

त्रिशूली–३ ‘ए’ को सुरुङमा प्रवेश गरे उद्धारकर्मी

नुवाकोटको बट्टारबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत लगिएका भारी उपकरणहरू (स्काभेटर र डोजर) प्रयोग गरी सुरुङको प्रवेशद्वार सफा गरेपछि टोली भित्र प्रवेश गरेको हो।
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अनुसार आज दिउँसो १ बजेसम्म ७५२ जनाको शव भेटिएको हो ।
भोटेकोशी विपद् बारे छलफल गर्न रविले बोलाए रास्वपाको केन्द्रीय समिति बैठक

भोटेकोशी विपद् बारे छलफल गर्न रविले बोलाए रास्वपाको केन्द्रीय समिति बैठक

विपद् व्यवस्थापनका बहुआयामिक पक्षहरुका सम्बन्धमा छलफल गर्न बोलाइएको बैठकमा सबै केन्द्रीय सदस्यलाई अनिवार्य गरिएको छ ।
बाढीमा बेपत्ता आफन्तको खोजीको कहर

बाढीमा बेपत्ता आफन्तको खोजीको कहर

बाढीमा सर्वसाधारणसँगै सुरक्षाकर्मीसमेत बेपत्ता भएका छन् । चिमुरे प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान सम्राट शेर्पा बाढीका बेला प्रहरी भ्यानसहित बेपत्ता भएका हुन् । रामेछापको गोकुलगङ्गा–३ घर भएका शेर्पाको...