नेभिगेशन
समाज

कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

काठमाडौँ । धादिङको कृष्णभिरमा पृथ्वी राजमार्गका अवरुद्ध भएसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले काठमाडौँ भित्रिने अन्य तीन रुट तय गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राजधानी काठमाडौंको मुख्य लाइफलाइन नै अवरुद्ध बनेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मालबाहक सवारी साधनलाई कान्ती लोकपथ हुँदै काठमाडौँ आवागमन गर्नेगरी रुट तय गरेको छ । 

Ncell
Extreme Energy

यस्तै १४ सिट भन्दा ठूला यात्रुबाहक सवारी साधन त्रिभुवन राजपथ हुँदै काठमाडौँ आउने र सोही मार्गबाट फर्कने रुट तय गरेको छ । 

यस्तै १४ सिट भन्दा सानो क्षमताका यात्रुबाहक सवारी साधनलाई भीमफेदी–देउराली हुँदै काठमाडौँतर्फ आउने र जाने रुट तय गरेको छ । 

यस अवधिमा कुनै पनि राजमार्गमा धैर्य र अनुशासन कायम गर्न भनिएको छ । ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीको निर्देशन पूर्ण पालना गर्न समेत कार्यालयले भनेको छ ।

आइतबार बिहान त्रिशुलीमा आएको बाढीसँगै कृष्णभिरमा गएको पहिरोका विषयमा भने सडक विभाले अध्ययन गरिरहेको जनाएको छ । सडक मर्मत तथा पुननिमार्ण त्यसपछि मात्रै तय हुने बताइएको छ ।

rute-1788099439.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।