नेभिगेशन
समाज

कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

काठमाडौँ । धादिङको कृष्णभिरमा पृथ्वी राजमार्गका अवरुद्ध भएसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले काठमाडौँ भित्रिने अन्य तीन रुट तय गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राजधानी काठमाडौंको मुख्य लाइफलाइन नै अवरुद्ध बनेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मालबाहक सवारी साधनलाई कान्ती लोकपथ हुँदै काठमाडौँ आवागमन गर्नेगरी रुट तय गरेको छ । 

Ncell
Extreme Energy

यस्तै १४ सिट भन्दा ठूला यात्रुबाहक सवारी साधन त्रिभुवन राजपथ हुँदै काठमाडौँ आउने र सोही मार्गबाट फर्कने रुट तय गरेको छ । 

यस्तै १४ सिट भन्दा सानो क्षमताका यात्रुबाहक सवारी साधनलाई भीमफेदी–देउराली हुँदै काठमाडौँतर्फ आउने र जाने रुट तय गरेको छ । 

यस अवधिमा कुनै पनि राजमार्गमा धैर्य र अनुशासन कायम गर्न भनिएको छ । ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीको निर्देशन पूर्ण पालना गर्न समेत कार्यालयले भनेको छ ।

आइतबार बिहान त्रिशुलीमा आएको बाढीसँगै कृष्णभिरमा गएको पहिरोका विषयमा भने सडक विभाले अध्ययन गरिरहेको जनाएको छ । सडक मर्मत तथा पुननिमार्ण त्यसपछि मात्रै तय हुने बताइएको छ ।

rute-1788099439.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।