नेभिगेशन
समाज

शिक्षक हत्या आरोपमा एकैगाउँका ११ जना पक्राउ

खोटाङ । केपिलासगढी गाउँपालिका–७ सुङदेलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेकाहरूको नामावली प्रहरीले सार्वजनिक गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ दोभानेस्थित माबुमा लाग्ने भदौरे मेला घुम्न गएका ३९ वर्षीय शिक्षक राईको कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका ११ आरोपितको नामावली जिल्ला प्रहरी कार्यालय भोजपुरले आइतबार सार्वजनिक गरेको हो । 

Marvel
Extreme Energy

शिक्षक राईको हत्या आरोपमा पक्राउ पर्नेमा एउटै गाउँ सुङ्देलका सागर कोयी राई, प्रतीक राई, निशान राई,सुशील राई, अमर राई, उमेश दुमीराई, तारादेवी राई, सुमिता राई, तेजकुमारी राई, देविका राई र चन्द्रकला राई छन् ।

पक्राउ परेका उनीहरू सबैलाई आइतबार जिल्ला अदालत भोजपुरमा उपस्थित गराएर थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक महेन्द्र पराजुलीले जानकारी दिए ।  

आरोपितले शिक्षक राईलाई पुरानो रिसिइबीका कारण कुटपिट गरी हत्या गरेको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको हो । शिक्षक राईको यही भदौ ११ गते राति कुटपिटबाट हत्या भएको पुष्टि भएको थियो । भदौ १२ गते उनीहरूलाई पक्राउ गरिएको थियो । 

विद्यालयका प्रधानाध्यापक ललितचन्द्र राईका अनुसार राहत कोटाको निम्नमाध्यमिक तहमा कार्यरत शिक्षक राई लगातार तीन दिन विद्यालय बिदा भएपछि सङ्खुवासभा पुगेर फर्कने भन्दै गाउँबाट हिँडेका  थिए । सोही दिन साँझ उहाँ धार्मिक तथा पर्यटकीयस्थल सालपापोखरी पुगेका थिए । सामान्य विवादका क्रममा उनको हत्या भएको प्रहरीले जनाएको छ ।  

शिक्षक राई र सुङ्देलकै माइकल भनिने निशान राईको बीचमा भदौ ११ गते साँझ सालपापोखरी नजिकै माबुमा लागेको धार्मिक मेलामा विवाद भएको प्रत्यक्षदर्शीले बताएका छन् । पुरानो रिसिइबीको आधारमा माइकलसँग साँझ विवाद भएपछि उनैले राति योजनाबद्ध तरिकाले कुटपिट गरी शिक्षक राईको हत्या गरेको मृतकका आफन्तले आरोप लगाएका छन् ।

मृतक राई र माइकलको बीचमा यसअघि पनि गाउँमा पटकपटक विवाद तथा झगडा हुँदै आएको छिमेकीले बताएका छन् । शिक्षक राईको हत्या आरोपमा एउटै गाउँका ११ जना एकैसाथ पक्राउ परेपछि गाउँमा तनाव सृजना भएको स्थानीयले बताएका छन् । 

खोटाङका शिक्षक राईको हत्या भएको क्षेत्र भोजपुर जिल्लामा पर्ने भएकाले अनुसन्धान तथा कारबाहीको सबै प्रक्रिया जिल्ला प्रहरी कार्यालय भोजपुरले गर्नेछ । भोजपुरमा भएको घटनाका विषयमा थप अनुसन्धानका लागि आवश्यक सहयोग जिल्लाबाट गरिने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ...
‘नेपाल-जापान सम्बन्धको आगामी ७० वर्षलाई शिक्षा, नवप्रवर्तन र सहकार्यमा केन्द्रित गर्नुपर्छ’: परराष्ट्रमन्त्री खनाल

‘नेपाल-जापान सम्बन्धको आगामी ७० वर्षलाई शिक्षा, नवप्रवर्तन र सहकार्यमा केन्द्रित गर्नुपर्छ’: परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री खनालले अहिले जापानमा तीन लाखभन्दा बढी नेपाली बसोबास गरिरहेको र गत वर्ष जापानमा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपाली विद्यार्थी दोस्रो ठूलो समूहका रूपमा रहेको उल्लेख गर्दै यसले...
एनपिएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल

एनपिएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल

प्रतियोगिताका १३ खेल सम्पन्न हुँदा नेपाली खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै व्यक्तिगत प्रदर्शनमा आफूलाई अब्बल साबित गरिरहेका छन् । यसअघिका संस्करणमा सुरुआती चरणदेखि विदेशी खेलाडीको प्रदर्शनले बढी चर्चा...
प्रधानमन्त्री शाहसँग भारतका विदेश सचिव मिश्रीले भेट गर्दै

प्रधानमन्त्री शाहसँग भारतका विदेश सचिव मिश्रीले भेट गर्दै

भ्रमणका क्रममा विदेश सचिव मिश्रीले बुधबार नै अर्थमन्त्री डा स्वर्णीम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधारमन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता...

भर्खरै