नेभिगेशन
समाज

भोटेकोसीको बाढीपछि रसुवा जाने वैकल्पिक बाटोमा सास्ती

भोटेकोसी नदीमा आएको बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि रसुवा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न थालिएको छ। बाहुनबेसी–छाप–लच्याङ–सरम्थली–पार्टीखर्क–फलाको खोलापुल–घिचेट हुँदै धुन्चेसम्म पुग्ने यो सडक अहिले यात्रु तथा राहत सामग्री बोकेका सवारीसाधनका लागि प्रयोग भइरहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर, वैकल्पिक सडक साँघुरो र अत्यधिक चिप्लो भएकाले यात्रु तथा चालकले निकै सास्ती व्यहोर्नुपरेको छ। सडकमा एक पटकमा एउटा मात्र गाडी सहज रूपमा गुड्न सक्ने अवस्था रहेकाले दुईतर्फबाट सवारीसाधन आएमा जाम हुने गरेको छ।

Ncell
Extreme Energy

विशेषगरी उकालोमा पिकअप लिन नसक्ने सवारीसाधन र राहत सामग्री बोकेका ठूला ट्रकहरू समस्यामा पर्ने गरेका छन्। कुनै एउटा सवारीसाधन बिग्रिएमा वा उकालो चढ्न नसकेमा पछाडि रहेका अन्य सवारीसाधनसमेत घण्टौँसम्म रोकिनुपर्ने अवस्था छ।

राहत सामग्री लिएर रसुवातर्फ गएका केही ट्रकसमेत उकालो चढ्न नसकेर बाटोमै फसेका छन्। सोमबार बिहान ११ बजे विदुरबाट हिँडेको एक सवारीसाधन राति १ बजे धुन्चे पुगे पनि यात्राका क्रममा करिब ५–६ वटा सवारीसाधन उकालो चढ्न नसकेर केही समय बाटोमै रोकिएका थिए।

मुख्य सडक तत्काल सञ्चालनमा आउन नसके वैकल्पिक सडकमा सडक सुधार, ग्राभेल तथा सवारी व्यवस्थापनको व्यवस्था गर्नुपर्ने देखिएको छ।

 तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी 

Dhunche-baikalpik-sadak_NPL-(2)-1788146762.jpeg

Dhunche-baikalpik-sadak_NPL-(5)-1788146763.jpeg

Dhunche-baikalpik-sadak_NPL-(4)-1788146763.jpeg

Dhunche-baikalpik-sadak_NPL-(8)-1788146764.jpeg

Dhunche-baikalpik-sadak_NPL-(7)-1788146764.jpeg

Dhunche-baikalpik-sadak_NPL-(6)-1788146763.jpeg

Dhunche-baikalpik-sadak_NPL-(3)-1788146763.jpeg

Dhunche-baikalpik-sadak_NPL-(1)-1788146762.jpeg

Dhunche-baikalpik-sadak_NPL-(2)-1788146762.jpeg

Dhunche-baikalpik-sadak_NPL-(12)-1788146765.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।