नेभिगेशन
समाज

भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या ९०३ पुग्याे, चार हजारभन्दा बढी सम्पर्कविहीन

काठमाडौँ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको निधन भएको पुष्टि गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त बाढीमा परी हालसम्म २६७ जना व्यक्ति घाइते भएको जानकारी दिँदै प्राधिकरणले करिब चार हजार ३४७ जना सम्पर्कविहीन रहेको जनाएको छ । बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र चितवनलगायत जिल्ला प्रभावित भएका छन् । 

Marvel
Extreme Energy

प्राधिकरणका प्रवक्ता शान्ति महतले प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालसहित २० हजार ८९९ सुरक्षाकर्मी परिचालन भइरहेको जानकारी दिए । उनका अनुसार बाढी पहिरोमा फसेका हालसम्म १० हजार ४५९ जनाको उद्धार गरिएको  छ ।

प्राधिकरणका अनुसार, नेपाली सेनाले हेलिकप्टरमार्फत तीन हजार ३४४ नेपाली नागरिक र २५२ विदेशी नागरिकलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । त्यसका लागि हालसम्म ४११ पटक हवाई उडान गरिएको प्राधिकरणले जनाएको छ ।
सरकारले मुख्य प्रभावित रसुवामा रु एक करोड, नुवाकोटमा रु एक करोड र धादिङमा रु ५० लाख नगद राहत सहयोग उपलब्ध गराएको छ । साथै प्रभावित १५ वटा पालिकालाई रु छ करोड ७५ लाख उपलब्ध गराएको जानकारी दिइएको छ ।

प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा खाद्यान्न, गैरखाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीसमेत पठाउने काम भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ...
‘नेपाल-जापान सम्बन्धको आगामी ७० वर्षलाई शिक्षा, नवप्रवर्तन र सहकार्यमा केन्द्रित गर्नुपर्छ’: परराष्ट्रमन्त्री खनाल

‘नेपाल-जापान सम्बन्धको आगामी ७० वर्षलाई शिक्षा, नवप्रवर्तन र सहकार्यमा केन्द्रित गर्नुपर्छ’: परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री खनालले अहिले जापानमा तीन लाखभन्दा बढी नेपाली बसोबास गरिरहेको र गत वर्ष जापानमा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपाली विद्यार्थी दोस्रो ठूलो समूहका रूपमा रहेको उल्लेख गर्दै यसले...
एनपिएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल

एनपिएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल

प्रतियोगिताका १३ खेल सम्पन्न हुँदा नेपाली खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै व्यक्तिगत प्रदर्शनमा आफूलाई अब्बल साबित गरिरहेका छन् । यसअघिका संस्करणमा सुरुआती चरणदेखि विदेशी खेलाडीको प्रदर्शनले बढी चर्चा...
प्रधानमन्त्री शाहसँग भारतका विदेश सचिव मिश्रीले भेट गर्दै

प्रधानमन्त्री शाहसँग भारतका विदेश सचिव मिश्रीले भेट गर्दै

भ्रमणका क्रममा विदेश सचिव मिश्रीले बुधबार नै अर्थमन्त्री डा स्वर्णीम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधारमन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता...

भर्खरै