नेभिगेशन
क्रिकेट

एसीसी प्रिमियर कपः नेपालद्वारा बहराइन ७ विकेटले पराजित

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कप २०२६ को पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समूह ‘ए’मा रहेको नेपालले जम्मा ८८ रनको लक्ष्य पाएको थियो । बहराइनले दिएको ८८ रनको लक्ष्यलाई नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।

Ncell
Extreme Energy

बहराइनका लागि फियाज अहमदले १५ रन बनाए भने मुहम्मद वासिमले १३ र अलि दाउदले १० रन जोडे । अरुले दोहोरो अंक पनि पुर्याउन सकेनन् । बहराइन ३६.२ ओभरमा अलआउट भएको थियो ।

नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । कप्तान सन्दीप लामिछानेले १० ओभरमा चार मेडनसहित मात्र १४ रन दिएर पाँच विकेट लिए । ललित राजबंशीले तीन र करण केसीले दुई विकेट लिए ।

जवाफी ब्याटिङमा नेपालले सहजरूपमा लक्ष्य पूरा गर्‍यो । ओपनर अर्जुन कुमाल ३६ रनमा अविजित रहँदा रोहित पौडेलले १४ बलमा १९ रन बनाए ।

आसिफ शेखले १९ रन जोडे । खेल वाईएसडी युकेएम क्रिकेट मैदान, बङ्गीमा भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप क्रिकेट
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।