नेभिगेशन
क्रिकेट

एसीसी प्रिमियर कपः नेपालद्वारा बहराइन ७ विकेटले पराजित

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कप २०२६ को पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समूह ‘ए’मा रहेको नेपालले जम्मा ८८ रनको लक्ष्य पाएको थियो । बहराइनले दिएको ८८ रनको लक्ष्यलाई नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।

Extreme Energy

बहराइनका लागि फियाज अहमदले १५ रन बनाए भने मुहम्मद वासिमले १३ र अलि दाउदले १० रन जोडे । अरुले दोहोरो अंक पनि पुर्याउन सकेनन् । बहराइन ३६.२ ओभरमा अलआउट भएको थियो ।

नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । कप्तान सन्दीप लामिछानेले १० ओभरमा चार मेडनसहित मात्र १४ रन दिएर पाँच विकेट लिए । ललित राजबंशीले तीन र करण केसीले दुई विकेट लिए ।

जवाफी ब्याटिङमा नेपालले सहजरूपमा लक्ष्य पूरा गर्‍यो । ओपनर अर्जुन कुमाल ३६ रनमा अविजित रहँदा रोहित पौडेलले १४ बलमा १९ रन बनाए ।

आसिफ शेखले १९ रन जोडे । खेल वाईएसडी युकेएम क्रिकेट मैदान, बङ्गीमा भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप क्रिकेट
इजरायलमा २७ वर्षपछि धेरै मतदानको रेकर्ड, तर नेतन्याहूको पार्टीलाई धक्का !

इजरायलमा २७ वर्षपछि धेरै मतदानको रेकर्ड, तर नेतन्याहूको पार्टीलाई धक्का !

इजरायलमा मङ्गलबार सम्पन्न आमनिर्वाचनमा ७७.७ प्रतिशतको ऐतिहासिक मतदान भएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार सन् १९९९ पछिकै यो सबैभन्दा उच्च मतदान प्रतिशत हो।
'अर्नब' चक्रवातको देशैभरी प्रभाव : गृहले जारी गर्‍यो ९ बुँदे सर्कुलर

'अर्नब' चक्रवातको देशैभरी प्रभाव : गृहले जारी गर्‍यो ९ बुँदे सर्कुलर

बंगालको खाडीमा रहेको 'अर्नब' चक्रवातको प्रभावका कारण कार्तिक १२ गते (बिहीबार), कार्तिक १३ गते (शुक्रबार) र कार्तिक १४ गते (शनिबार) सबैजसो प्रदेश प्रभावित हुने पूर्वानुमान छ।
एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन ऊर्जामन्त्री श्रेष्ठ बैंककमा

एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन ऊर्जामन्त्री श्रेष्ठ बैंककमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ थाइल्याण्डको राजधानी बैंकक आइपुगेका छन् ।
पछिल्लो महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

पछिल्लो महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको छ ।