नेभिगेशन
समाज

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

काठमाडौँ। एकाएक उर्लिएको भोटेकोशी बाढी जीवनका लागि  त्रासदीपूर्ण दिन बन्यो ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यही भदौ १० गते, बुधबारको उक्त बाढीले घर, भवन, सडक, पुल र अन्य संरचना बगाउँदै गर्दा दौडिएर सुरक्षित स्थानमा पुग्न सफल भएकाहरूका आँखामा बाढीको वितण्डा घुमिरहेका छन् ।

Ncell
Extreme Energy

देख्दा देख्दै कैयौँ आफन्त, साथीभाइ र सहकर्र्मी बाढीमा बेपत्ता भए । ज्यान जोगिए पनि त्यस दिनको त्रास र पीडा कसरी भुलाउने भन्ने बाँचेकाहरुको मनमा परिरहेको छ  । 

रसुवाको मैलुङ जलविद्युत् आयोजनामा कार्यरत प्राविधिक कर्मचारी शिव गिरीसहित सात जनाले बाढी आएसँगै भागेर ज्यान जोगाएको बयान छोटो आलेखमा वर्णन गर्न सकिँदैन । 

उपचारमा महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा रहेका गिरी बाढीको बेग बढ्न थालेपछि आयोजनाको क्याम्पबाट माथितिर उक्लिएका थिए । 

केही समयमै तलतिरका घर, बस्ती र अन्य संरचना बाढीमा डुब्न थाले । उनीहरूले हेर्दाहेर्दै आफ्नै साथीहरूलाई बाढीले बगाएर बेपत्ता बनायो । “हेर्दाहेर्दै कति साथीहरू बगेर बेपत्ता भए । नजिकका घरगाउँ नै डुबे, मेरा काकाको छोरा (भाइ) बग्यो ।” खुइँय, गर्दै गिरीले सुनाए ।
    
दाङको घोराहीबाट रोजगारीका लागि  रसुवा पुग्नुभएका गिरीका लागि  त्यो दिन अभिशाप बन्यो । बाढीबाट भागेर बचे पनि माथितिर लागे पनि तत्काल कुनै गाउँ वा बस्ती भेटिएन । भोक र प्यासले सताइरहेको थियो । जङ्गलको बाटो हुँदै सुरक्षित स्थानको खोजीमा निरन्तर उकालो चढ्दा पनि गाउँ भेटिएन । “रातिसम्म करिब १२ घन्टा हिँडेर एउटा ओढारमा पुगेर बस्यौँ ।” गिरीले दुःखको विवरण सुनाए ।

गिरीको टोली टिमुरे र धुन्चेतिर जान नसक्दा  ज्यान जोगाउने  उद्देश्यले जङ्गलको बाटो रोज्नुपरेको थियो । भाग्ने क्रममा क्याम्पमा रहेको एउटा कुकुरले उहाँहरूको साथ छाडेन । मानवीय त्रासदीबीच त्यो कुकुरको साथ पनि उहाँहरूका लागि सम्झनायोग्य बन्यो । 
    
ओढारमा बसेको भोलिपल्ट तल आयोजनास्थल झरेर आफूहरु विस्थापित भएको र उद्दारका लागि खबर गरेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गरी काठमाडौँ आएको बताए ।
  
गिरीका अनुसार आयोजनाका कर्मचारीहरू सुरक्षित ठानिएको क्याम्पमा बस्दै आएकामा सुरक्षित ठानिएको त्यही क्याम्पसमेत बाढीले बगाएर लग्नुले बाढीको विनाशकारी आयतन आँकलन गर्न सकिन्छ ।

पूर्वसूचना पाए पनि यस प्रकारको जोखिमको आँकलन भएन
रसुवाकै त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाका कर्मचारी तथा रसुवा निवासी चिप्पु दोर्जे तामाङ बाढी आएको दिन काठमाडौँमै थिए । आयोजनाको सिसी क्यामराबाट आएका दृश्य र सन्देशहरू हेर्दै उनी घटनाक्रमबारे जानकारी लिइरहेका थिए । 
बाढी आउन सक्ने पूर्वसूचना प्राप्त भए पनि कतिपयले त्यसको सम्भावित जोखिमलाई गम्भीररूपमा नलिएको उनको अनुभव छ ।

“मान्छेले यति माथिसम्म त के बाढी आउला र भनेर कम आँके”, तामाङले त्रासदीपूर्ण विपद्को सम्झना गर्दै भन्नुभयो, “कतिपय भागिसकेका मानिस पनि फर्किएर बाढी हेर्न थाले । बाढीको भयावह रूप देख्न पुगेका केही मानिस भिडियो खिचिरहेका थिए । कोही पौडी खेलेर ज्यान जोगाउन सफल भए । हेर्दाहेर्दै धेरैलाई बगायो ।”

घटनास्थलमा मानिसहरूलाई ठूलै बाढी हो भन्ने सन्देश दिन र समयमै सुरक्षित स्थानतर्फ तत्काल सार्न सकिएको भए क्षति कम गर्न सकिने उहाँको बुझाइ छ । तामाङका अनुसार भन्सारको ११ तले भवनसमेत बाढीले ढालेको सूचना समयमै सबैसम्म पुग्न सकेन ।
“११ तलाको भन्सारको भवन ढालिसक्यो भन्ने सन्देशचाहिँ प्रवाह भएन ।” उनले थपे, “त्यो खालको खतराको पूर्वसूचना भएको भए मान्छेहरू थप सचेत भएर सुरक्षित स्थानमा जान्थे होलान् ।”

ज्यान जोगिए पनि सहकर्मीको पर्खाइ
भोटेकोशी बाढीबाट ज्यान जोगाएकाहरूका लागि जीवन सामान्य अवस्थामा फर्किन अझै कठिन छ । उनीहरू बाढीबाट बाँचेका छन् । तर आफ्ना सहकर्मी, आफन्त र साथीहरूको अवस्थाबारे अनिश्चित छन् ।
    
मैलुङ जलविद्युत् आयोजनामा कार्यरत मेघबहादुर गुरुङ पनि बाढीपछि बेपत्ता हुनुहुन्छ । उहाँको परिवार अहिले अस्पतालदेखि सम्भावित खोजीस्थलसम्म आफन्तको अवस्थाबारे खबर पर्खिरहेको छ ।
मेघबहादुरकी श्रीमती जयन्ती गुरुङ घाइतेको उपचार भएका अस्पताल र सूचना पाउने सम्भावित स्थलमा पगेर आकुलव्याकुल हुँदै खोजीको प्रतीक्षामा हुनुहुन्छ । “म के गरौँ, कसरी सम्हालिऊँ ?’’ उनको प्रश्नमा श्रीमान्को पर्खाइ, परिवारको चिन्ता र भविष्यको अन्योल एकैपटक झल्किन्छ ।

बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारका लागि अहिले ‘कि सास, कि लास’ को आशा मात्र बाँकी छ । आफन्त फर्किएर आउने आशा अझै मरेको छैन । तर दिन बित्दै जाँदा प्रतीक्षा झन् पीडादायी बन्दै गएको छ ।
-प्रकाश सिलवाल/रासस 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसद् बैठक बोलाउन सभामुखसँग कांग्रेसको माग, भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक

संसद् बैठक बोलाउन सभामुखसँग कांग्रेसको माग, भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक

सदन विपद्का कारण केही दिन स्थगित गरिएको भए पनि अब तत्काल सञ्चालन गर्न आफूले सभामुखको ध्यानाकर्षण गराएको आङदेम्बेले बताए ।  जवाफमा सभामुख अर्यालले कार्यव्यवस्था परामर्शको बैठकपछि संसद् आह्वान...
प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछानेबीच के भयो छलफल ?

प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछानेबीच के भयो छलफल ?

बाढी प्रभावितको खोजी, उद्धार र राहतमा तीन तहका सरकारहरुबीच समन्वयन नभएको तथा जलविद्युत आयोजनाका सुरुङमा फसेकालाई उद्धार गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहेका बेला प्रधानमन्त्री र सत्तारुढ दलका...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
तनहुँमा भेटिएका शव चैनपुर जंगलमा पुरिँदै

तनहुँमा भेटिएका शव चैनपुर जंगलमा पुरिँदै

देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल क्षेत्रमा गरिने भएको छ ।