नेभिगेशन
समाज

बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध रसुवामा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्लाको  कालिका र नौकुण्ड गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति पुनः सुचारु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। 

Ncell
Extreme Energy

यसैगरी गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत धुन्चे, भार्खु तथा गोसाइँकुण्ड क्षेत्रमा समेत विद्युत् सेवा सञ्चालनमा आएको छ।

बाढीबाट विद्युत् संरचनामा क्षति पुगेपछि प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका बीच प्राधिकरणका प्राविधिक टोलीले मर्मत तथा पुनःस्थापनाको कामलाई तीव्रता दिएका थिए। प्राविधिक टोलीको निरन्तर प्रयासपछि प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएसँगै स्थानीय बासिन्दाको दैनिक जनजीवनसमेत क्रमशः सामान्य बन्दै गएको छ।

प्राधिकरणले बाँकी प्रभावित क्षेत्रमा समेत विद्युत् सेवा यथाशीघ्र नियमित गर्न आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरी काम जारी राखेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावितको खोजी र उद्धारबारे रविले गरे राष्ट्रपतिलाई ब्रिफिङ

बाढी प्रभावितको खोजी र उद्धारबारे रविले गरे राष्ट्रपतिलाई ब्रिफिङ

सभापति लामिछाने आज दिउँसो राष्ट्रपति भवन शीतलनिवास पुगेर राष्ट्रपतिलाई बाढी प्रभावितको खोजी, उद्धार र राहतका बारेमा भइरहेको प्रगतिका बारेमा जानकारी गराएका हुन् ।
बाढीले डुबाएको विद्यालय सफाइमा सेना

बाढीले डुबाएको विद्यालय सफाइमा सेना

भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी माविमा नेपाली सेनाले सरसफाइ गर्दैछ ।
नारायणीमा भेटिँदै छन् भोटेकोशीले बगाएका शव

नारायणीमा भेटिँदै छन् भोटेकोशीले बगाएका शव

सोमबार बिहान ५ बजेदेखि निरन्तर सञ्चालन गरिएको खोजीका क्रममा सोमबार दिउँसो २ बजेसम्म नगर वन टापु क्षेत्रमा १० वटा शव फेला परेका छन् । त्यस्तै, सोही क्षेत्रमा थप...
पुनर्स्थापना र पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग चाहिन्छः परराष्ट्र

पुनर्स्थापना र पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग चाहिन्छः परराष्ट्र

मन्त्रालयका अनुसार ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन् ।