नेभिगेशन
समाज

काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण

काठमाडौँ । भोटेकोशी नदीमा यही भदौ १० गते बाढी गएपछि पृथ्वीराजमार्गलगायतका सडक अवरुद्ध भए पनि प्रहरी प्रधान कार्यालयले मकवानपुर जिल्लाको हेटाैँडादेखि सङ्घीय राजधानी काठमाडौँमा चल्ने सवारीसाधनको नयाँ रुट आजदेखि निर्धारण गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दश चक्कासम्मका सम्पूर्ण मालबाहक तथा ठूला यात्रुबाहक सवारीसाधन त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ जाने रुट व्यवस्थापन गरेको छ । दश चक्कासम्मका सवारीसाधन काठमाडौँबाट मकवानपुर फर्किंदा भने कान्ति राजमार्ग हुँदै फर्किने व्यवस्था गरेको छ ।
 
प्रहरी प्रधान कार्यालयले मौसम र बाटोलगायत यात्रुहरुको सुरक्षालाई समेत मध्यनजर गर्दै कान्ति राजमार्ग हुँदै हेटौँडातर्फ आउने यात्रुवाहक सवारीसाधन अनिवार्य रुपमा साँझ ६ः०० बजेभित्रमा मकवानपुर जिल्लाको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोष्ट पार गरिसक्नुपर्ने व्यवस्था गरेको बताइएको छ । 

Marvel
Extreme Energy

प्रहरी प्रधान कार्यालयले १४ सिटभन्दा कम क्षमता भएका साना यात्रुवाहक सवारीसाधन काठमाडौँबाट हेटौँडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी हुँदै भीमफेदीतर्फ आउने रुट निर्धारण गरेको छ । 

त्यसैगरी, काठमाडौँतर्फ जाँदा भने भीमफेदी–कुलेखानी –सिस्नेरी–दक्षिणकाली हुँदै जाने रुट तय गरेको छ ।  मकवानपुरको त्रिखण्डी नजिकै रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेको हुँदा इन्धन तथा भारी मालबाहक सवारीसाधनले उक्त बेलिब्रिज प्रयोग नगरीसँगै रहेको डाईभर्सन हुँदै जाने व्यवस्था गरेको छ ।
 
प्रहरी प्रधान कार्यालयले विपद्जन्य समय भएकाले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्ने, कुनै पनि राजमार्गमा सवारी चालकहरुले धैर्य एवं अनुशासनपूर्वक आफ्नो पालोमा मात्र सवारी सञ्चालन गर्ने, ओभरटेक नगर्ने तथा ट्राफिक व्यवस्थापन खटिएका सुरक्षाकर्मी ट्राफिक प्रहरीको निर्देशन पूर्ण रुपमा पालना गर्नका लागि सबैसँग अनुरोध गरेको छ ।

त्यसैबीच, भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् ।  प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरस्थित त्रिशूली नदीले कटान गर्दा सडक भासिन गई मानिससमेत आवतजावत गर्न नसक्ने गरी पूर्ण रुपमा अवरुद्ध भएको छ । 

त्यसैगरी धादिङको गजुरी गाउँपलिका–२ स्थित परेवाभिरमा पनि बाढीको कारण सडकको तल्लो भाग भासिएको कारणले पूर्ण रुपमा अवरुद्ध भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ...
‘नेपाल-जापान सम्बन्धको आगामी ७० वर्षलाई शिक्षा, नवप्रवर्तन र सहकार्यमा केन्द्रित गर्नुपर्छ’: परराष्ट्रमन्त्री खनाल

‘नेपाल-जापान सम्बन्धको आगामी ७० वर्षलाई शिक्षा, नवप्रवर्तन र सहकार्यमा केन्द्रित गर्नुपर्छ’: परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री खनालले अहिले जापानमा तीन लाखभन्दा बढी नेपाली बसोबास गरिरहेको र गत वर्ष जापानमा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपाली विद्यार्थी दोस्रो ठूलो समूहका रूपमा रहेको उल्लेख गर्दै यसले...
एनपिएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल

एनपिएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल

प्रतियोगिताका १३ खेल सम्पन्न हुँदा नेपाली खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै व्यक्तिगत प्रदर्शनमा आफूलाई अब्बल साबित गरिरहेका छन् । यसअघिका संस्करणमा सुरुआती चरणदेखि विदेशी खेलाडीको प्रदर्शनले बढी चर्चा...
प्रधानमन्त्री शाहसँग भारतका विदेश सचिव मिश्रीले भेट गर्दै

प्रधानमन्त्री शाहसँग भारतका विदेश सचिव मिश्रीले भेट गर्दै

भ्रमणका क्रममा विदेश सचिव मिश्रीले बुधबार नै अर्थमन्त्री डा स्वर्णीम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधारमन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता...

भर्खरै