नेभिगेशन
समाज

बाढीग्रस्त क्षेत्रमा खर्च गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा पठाइयो

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा पठाइने भएको छ। मंगलबार उक्त कोष सञ्चालन समितिको बैठक बसी एक अर्ब रुपैयाँ तत्काल परिचालन गर्ने निर्णय गरिएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवम् कोष सञ्चालन समितिका संयोजक डा. गुणकर भट्टले आज बसेको कोषको बैठकले एक अर्ब रुपैयाँ गृहसचिवको नेतृत्वमार्फत परिचालन हुने गरी निकासा गरिएको जानकारी दिनुभयो।

Ncell
Extreme Energy

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २२ बमोजिम विपद् व्यवस्थापन कोषमा गृहसचिवले व्यवस्थापन गर्नुहुन्छ। प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषको नाममा एभरेस्ट बैंकको खातामा रहेको मौज्दातबाट एक अर्ब रुपैयाँ कोषमा पठाइएको हो।

अब उक्त रकम बाढीग्रस्त क्षेत्रमा आवश्यकता र मागका आधारमा बाढीपछिको उद्धार, राहत, तत्कालीन पूर्वाधार सुधार, अस्थायी बासस्थान निर्माण लगायतमा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च गर्न सकिने छ। यसका लागि बाढीग्रस्त पालिका वा जिल्लाका विपद् व्यवस्थापन समितिले आफ्नो आवश्यकताअनुसार रकम माग गर्न सक्नेछन्। त्यसैका आधारमा गृहसचिव नेतृत्वको समितिले रकम वितरण गर्नेछ।

WhatsApp-Image-2026-09-01-at-19.06.43-1788272086.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री

जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री

हिमनदीभित्र पग्लिएको पानीको कारणले गर्दा हिमनदीको पतनमा बरफ र पानी दुवै मिसिएको हुनसक्ने प्रधानमन्त्री शाहको भनाइ छ । “विज्ञहरू भन्नुहुन्छ, भोटेकोशी नदीमा आएको बाढी, हिमनदीको एउटा सिङ्गै भाग...
रवि लामिछानेलाई भेटेर चिनियाँ राजदूतले के भने ?

रवि लामिछानेलाई भेटेर चिनियाँ राजदूतले के भने ?

सो भेटमा चिनियाँ राजदूतले खोज, उद्धारदेखि पुनर्निर्माणसम्म नै चीन नेपालको साथमा रहेको बताउँदै नेपाललाई जुनसुकै ढंगबाट सहयोग गर्न चीन तयार रहेको जानकारी गराएको रास्वपा प्रवक्ता जगदीश खरेलले जनाएका...
आर्मी भन्छ– जलविद्युतका सुरुङ कुनै पुरिएका छन्, कुनै टालिएका छन्

आर्मी भन्छ– जलविद्युतका सुरुङ कुनै पुरिएका छन्, कुनै टालिएका छन्

भोटेकोशी बाढीको सातौँ दिन भइसक्दा पनि नुवाकोट र रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा उद्धार कार्य सफल हुन सकेको छैन ।
निजामती सेवा दिवसका सबै कार्यक्रम रद्द, खर्च हुने रकम राहत कोषमा जम्मा गरिने

निजामती सेवा दिवसका सबै कार्यक्रम रद्द, खर्च हुने रकम राहत कोषमा जम्मा गरिने

सरकारले यस वर्ष मनाउन लागेको २३औँ निजामती सेवा दिवसका सम्पूर्ण निर्धारित कार्यक्रम रद्द गर्ने निर्णय गरेको छ।

भर्खरै