नेभिगेशन
समाज

विपद्को पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन विज्ञको सुझाव

खोलाको क्षेत्रफल संकुचित हुँदा अस्वाभाविक प्राकृतिक जोखिमका समयमा धेरै क्षति

ललितपुर । जलस्रोतविज्ञ तथा पूर्वजलस्रोतमन्त्री इन्जिनियर दीपक ज्ञवालीले विकासका नाममा भएका अभ्यासका कारण विपद्को सामना भोग्नुपरेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जल तथा मौसमविद् समाज नेपालसँगको सहकार्यमा एभरेष्ट इन्जिनियरिङ कलेजले मङ्गलबार यहाँ आयोजना गरेको भोटेकोशी–त्रिशूली बाढी २०२६ का कारण, प्रभाव, पूर्वसूचना प्रणाली तथा विपद् जोखिम न्यूनीकरणका उपायसम्बन्धी संगोष्ठीमा उनले सजिलोका लागि खोलाका छेउछाउमा सडक बनाउने कार्यले बजारीकरणका साथै सहरीकरणका गतिविधि बढ्दै जाँदा मानवीय बस्ती बढ्दै गएको र खोलाको क्षेत्रफल सङ्कुचित हुँदा अस्वाभाविक प्राकृतिक जोखिमका समयमा धेरै क्षति भोग्नुपरेको हो भने ।

Ncell
Extreme Energy

“हाम्रा गलत विकासले विपत्ति निम्त्याउँछ, पहिला खोलाको छेउछाउभन्दा डाँडाकाँडा र समथर भागमा बस्ती बसाउने चलन थियो, जनसङ्ख्या बढ्दै जाँदा समयक्रमसँगै हामी यसलाई बिर्सँदै गयौँ, हाम्रो भौगोलिक अवस्थाअनुसार पनि कतिबेला कहाँ कस्तो पहिरो जान्छ, बाढी आउँछ भन्ने ठेगान छैन, पृथ्वीको तापक्रम बढ्दै छ, मनसुनको समयमा पानी पर्ने र तापक्रम पनि बढी हुनेहुँदा हिमपहिरो आउने र विपद् निम्तिने खतरा धेरै रहेको छ, यसले मानवीय गतिविधि र बसाइ बढ्दा धेरै क्षति भोग्नुपरेको छ”, उनले भने । 
 
उनले विपद् जोखिमको मूल्याङ्कनबिना नै आयोजनाको योजना बनाउँदा नेपालका धेरै जलविद्युत् आयोजनामा क्षति पुग्ने गरेको छ जनाउँदै यस्तो समस्याका कारण नेपालका सबै बैंकिङ क्षेत्र र बिमा कम्पनीसमेत समस्यामा पर्ने अवस्था छ भने ।

“सन् १९९८ बाट नेपालमा जलवायु परिवर्तनको सरोकारका विषयमा छलफल सुरु भएको हो, छलफल धेरै भएका छन् तर हामीले ध्यान दिएका छैनौँ, जलवायु परिवर्तनको असर र भूवैज्ञानिक अस्थिरताले पनि हामी असुरक्षित छौँ, अहिले रसुवा बाढीको समस्या प्रकृतिलाई हामीले ध्यान नदिँदा भएको गलत विकासले निम्त्याएको समस्या हो, जलवायु परिवर्तनको असरले पार्ने यस्ता विपद्ले लामो समयसम्म सामाजिक प्रभाव पार्छ”, उनले भने ।

संगोष्ठीमा सिभिल इन्जिनियर तथा जलविद्युत् पूर्वाधारविद् तारानाथ सापकोटाले विगत १०० वर्षको बाढी र प्रकृतिक जोसखमलाई अध्ययन गरेर आयोजना डिजाइन गर्नुपर्छ भन्नेमा जोड दिए ।

“नेपालमा निश्चित नदीमा केन्द्रित भएर जलविद्युत्को अध्ययन गर्ने प्रचलन छैन, इन्जिनियरहरूले गर्ने पूर्वाधार योजना दीर्घकालीन र दिगो सोचअनुसार हुनसकेको छैन, इन्जिनियरिङ आयामहरू पनि परिवर्तन गर्नुपर्ने आवश्यकता छ, विकासका नाममा समस्यामा पार्ने नीति उपयुक्त हुँदैन, विपद्बाट क्षतविक्षत भएको जलविद्युत आयोजनालाई रेजिलियन्ट बनाउन सकिन्छ भनेर राम्रो अध्ययन आवश्यक छ”, उनले भने ।

उनले नेपालको जस्तो भौगोगिक क्षेत्रमा जलविद्युत आयोजना  बनाउँदा हिमताल र हिमनदी विस्फोट हुँदा समस्या आउने क्षेत्र नपर्नेगरी ध्यान दिएर काम गर्नुपर्ने जनाउँदै सुरक्षित आयोजना निर्माण योजना आवश्यक छ भने ।

त्रिभुवन विश्वविद्यालयका इन्जिनियरिङ भूगर्भविद् प्रा डा रञ्जनकुमार दाहालले मेलम्ची, थामे, कागबेनी  रसुवाको विपद्का घटना सबै देख्यौँ भन्दै विपद् व्यवस्थापनमा दुईदेशीय सीमापार छलफललाई जोड दिनुपर्ने धारणा राखे ।

“अहिलेका जति पनि विपद्का भिडियोहरू देख्यौँ, ती सबै विपद्का घटना सुरु भएको पाँच मिनेटमा सिमानामा आइपुगेको छ, सीमापार विपद् व्यवस्थापन र सूचना प्रणलीमा काम गर्न ध्यान दिनुपर्ने छ, हामीले चासो नदिँदा समस्या भएको हो, यो विषयलाई नेपालले चिनियाँ पक्षसँग समन्वय गर्न नसकेको हो, बेइजिङमा यस सम्बन्धमा पहिले नै दुई देशबीच कुराकानी भएको छ”, उनले भने । 

काठमाडौँ विश्वविद्यालयका हिमनदी तथा हिमतालविज्ञ प्रा डा रिजानभक्त कायस्थले हिमनदीका कारण सिर्जित विपद् मनसुनमा मात्रै भएको छ उहाँले यसका लागि हरेक हप्ता भूउपग्रहमा तयार हुने तस्बिरको मूल्याङ्कन गर्नुपर्छ, भूउपग्रहबाट तयार हुने तथ्याङ्कको अनुसन्धान, मूल्याङ्कनका आधारमा तत्कालीन सुरक्षा योजना बनाएर काम गर्नुपर्छ भने । उनले भूउपग्रहको तथ्याङ्क मूल्याङ्कनका लागि हेर्ने एउटा छुट्टै संस्था र भूउपग्रहसँगको पहुँचको पनि आवश्यक छ भने । हिमतालविज्ञ प्राडाकायस्थले नेपालमा तीन हजार ८०० भन्दा बढी हिमनदी र दुई हजार ३७४ हिमताल रहेको जानकारी गराउँदै हिमबाढीका कारण नेपालले धेरैजसो क्षति व्यहोर्नुपरेको धारणा राखे ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका वरिष्ठ व्यवस्थापक तथा भूसूचनाविज्ञ वीरेन्द्र बज्राचार्यले नेपालले मनसुनजन्य विपद्लाई ध्यान दिएर भएको भूउपग्रहसम्बन्धी सेवा उपयोग गर्नुपर्नेमा जोड दिँदै नेपालसँग सम्बन्ध भएका सङ्घसंस्थासँग भएको प्रविधि उपयोग गरेर क्षमता अभिवृद्धिमा काम गर्नुपर्छ भन्नेमा जोड दिए । उनले विपद्का क्षेत्रमा चिनियाँ अनुसन्धान र तथ्याङ्क प्रविधिलाई उपयोग गर्नुपर्ने अवस्था रहेको धारणा राखे ।

प्राचार्य हरिकृष्ण श्रेष्ठले नदीले हरेकपटक आफ्नो बहाब क्षेत्र देखाएको अवस्थामा जबर्जस्ती मानव बस्ती बनाउनु र पूर्वाधारको व्यवस्थापन गरिनु अव्यवस्थित र अव्यावहारिक हो भन्दै उपत्यकामा पुलमुनि बाटो बनाउने कार्य ज्यादै अव्यावहारिक भएको धारणा राखे ।

संगोष्ठीमा भोटेकोशी नदी प्रणालीमा आएको आकस्मिक बाढीले रसुवा हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा पुर्याएकोे क्षति, बाढीका कारण बस्ती, सडक, पुल, सञ्चार तथा अन्य महत्त्वपूर्ण पूर्वाधारमा व्यापक क्षति, बाढीको सम्भावित कारण, जोखिम मूल्याङ्कन, नदी प्रणालीमा परेको प्रभाव, पूर्वसूचना तथा प्रारम्भिक चेतावनी प्रणाली, विपद् पूर्वतयारी र भविष्यमा यस्ता विपद्को जोखिम न्यूनीकरणका विषयमा विज्ञहरूबीच छलफल भएको थियो ।  साथै भोटेकोशी–त्रिशूली बाढीपछिको जोखिम, उद्धार तथा पुनःस्थापनाका विषयमा विज्ञ, प्राविधिक तथा सरोकारवालाबीच ज्ञान र अनुभव आदानप्रदान भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकमा धेरै वर्षा

पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकमा धेरै वर्षा

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा  सिन्धुपाल्चोकमा धेरै वर्षा भएको छ ।
देवघाट जङ्गलमा ३३५ वटा शवको व्यवस्थापन, १२९ वटाको लिङ्ग पहिचान भएन

देवघाट जङ्गलमा ३३५ वटा शवको व्यवस्थापन, १२९ वटाको लिङ्ग पहिचान भएन

रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवमध्ये ३३५ वटा शवको व्यवस्थापन गरिएको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गरिने

प्रतिनिधिसभाको बैठक बस्दै, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गरिने

सघीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ ।
सुनकोशी र बुढीगण्डकी नदीमा जलसतह बढ्यो, सिन्धुली र गोरखामा अलर्ट जारी

सुनकोशी र बुढीगण्डकी नदीमा जलसतह बढ्यो, सिन्धुली र गोरखामा अलर्ट जारी

सुनकोशी र बुढीगण्डकी नदीमा जलसतहले सतकर्ता तह पार गरेको छ  ।

भर्खरै