नेभिगेशन
समाज

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ११४ पुग्यो, ३ हजार ९१६ सम्पर्कविहीन

काठमाडौं । भोटेकोशीबाट मृत्यु हुनेको संख्या १ हजार ११४ पुगेको छ। बाढीमा परी करिब ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृह मन्त्रालयअन्तर्गतको प्राधिकरणले बुधबार बिहान ९ बजेसम्म सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी विवरणअनुसार रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० र चितवनमा ३४८ जनाको शव फेला परेको छ। यसमा विभिन्न मानव अङ्गसमेत समावेश छन्।

Ncell
Extreme Energy

फेला परेका शवमध्ये ९५ जनाको सनाखत भई आफन्तलाई बुझाइएको छ।

प्राधिकरणका अनुसार सम्पर्कविहीन हुनेमा विभिन्न सरकारी निकायका कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, विदेशी नागरिक, विदेशी पर्यटकसँगै गएका नेपाली, स्थानीय बासिन्दा तथा जलविद्युत् आयोजनामा कार्यरत जनशक्ति र कामदार छन्। रसुवा र नुवाकोटका जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (डीईओसी) बाट प्राप्त विवरणका आधारमा सम्पर्कविहीनको संख्या तय गरिएको हो।

बाढीमा परी हालसम्म २१२ जना घाइते भएका छन्। तीमध्ये १८२ जना विभिन्न अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका छन्।

यस्तै, नेपाली सेनाले २ हजार ११५ जना र सशस्त्र प्रहरी बलले १ हजार १५५ जनालाई स्वास्थ्य उपचार सेवा दिएको प्राधिकरणले जनाएको छ।

हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले हवाई उद्धारमार्फत २७३ विदेशी र ४ हजार ९१ नेपालीको उद्धार गरेको छ। सेनाले हालसम्म ६२२ पटक हवाई उडान गरेकोमा बुधबार १२ वटा उडान भएका छन्। निजी क्षेत्रबाट काठमाडौंबाट २९ वटा उडान भएका छन्।

बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरी २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका ९ हजार १९९ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना सुरक्षाकर्मी परिचालन भएका छन्।

हाल नुवाकोटमा २ हजार ४६६, धादिङमा २६०, रसुवामा ३१८ र काठमाडौंमा ३२९ गरी ३ हजार ४५३ जना होल्डिङ सेन्टरमा रहेका छन्।

प्रभावित क्षेत्रमा हालसम्म ३७ ट्रक र ३७ बोलेरोमार्फत खाद्य तथा अन्य राहत सामग्री पठाइएको छ। हेलिकप्टरमार्फत पनि नौवटा उडानबाट राहत सामग्री पठाइएको प्राधिकरणले जनाएको छ। भदौ १६ गते थप १४ वटा गाडीमार्फत राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको थियो।

सशस्त्र प्रहरीको हवाई उद्धारमार्फत राहत सामग्री ढुवानी गर्न हालसम्म ७३ वटा उडान भएका छन्। भदौ १६ गते नुवाकोटमा १६ उडानमार्फत आठ स्थान र रसुवामा ११ उडानमार्फत ११ स्थानमा राहत सामग्री पुर्‍याइएको थियो।

सरकारले रसुवाका लागि १ करोड, नुवाकोटका लागि १ करोड र धादिङका लागि ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ। यस्तै, प्रभावित १५ पालिकाका लागि ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइएकोमा थप ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको छ।

प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा ४९ हजार लिटर डिजेल, १९ हजार लिटर पेट्रोल र १३ हजार लिटर हवाई इन्धन मौज्दात छ।

सञ्चारतर्फ नेपाल टेलिकमका क्षतिग्रस्त ११० वटै टावर सञ्चालनमा आएका छन्। एनसेलका ७८ टावरमा क्षति पुगेकामा ७५ वटा सञ्चालनमा आएका छन्।

सम्पर्कविहीन विदेशी नागरिक तथा विदेशमा रहेका नेपाली, उपचाररत व्यक्ति र हेलिकप्टरमार्फत उद्धार गरिएका व्यक्तिको विवरण प्राधिकरणको वेबसाइट तथा सामाजिक सञ्जालमा उपलब्ध रहेको जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन् ।
माथिल्लो त्रिशूली ३ ए अपडेट: रातभरकाे वर्षाले टनेलभित्र पानी भरिएपछि उद्धार कार्यमा चुनौती

माथिल्लो त्रिशूली ३ ए अपडेट: रातभरकाे वर्षाले टनेलभित्र पानी भरिएपछि उद्धार कार्यमा चुनौती

रसुवा बाढीबाट प्रभावित माथिल्लो त्रिशूली ३ ए को टनेलको मुखमा पानी भरिएको छ । रातभर परेको अविरल वर्षाले खनेको ठाउँ पानीले भरिएपछि पम्पमार्फत पानी बाहिर फालिँदैछ ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा मध्यम वर्षाको सम्भावना

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा मध्यम वर्षाको सम्भावना

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज अपराह्नपछि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कृष्णभिरपछि परेवाभिरमा पनि बाढीका कारण सडक भासियो, कुन राजमार्गको अवस्था के ?

कृष्णभिरपछि परेवाभिरमा पनि बाढीका कारण सडक भासियो, कुन राजमार्गको अवस्था के ?

नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग अवरुद्ध भएको जनाएको छ ।