नेभिगेशन
समाज

प्रधानमन्त्री बालेनले आज संसदलाई सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बुधबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । भोटेकोशी बाढीपछिको उद्धार, राहत, खोज र पुनःस्थापनाबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउने कार्यसूची रहेको उनको सचिवालयले जानकारी दिएको छ । प्रतिनिधि सभा बैठक बुधबार दिउँसो १ बजे बस्दैछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजको प्रतिनिधि सभा बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले पनि सम्बोधन गर्नेछन् ।

Ncell
Extreme Energy

त्यस्तै संसदले विशेष प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

भोटेकोशीबाट बाढीबाट मृत्यु हुनेको संख्या १ हजार ११४ पुगेको छ। बाढीमा परी करिब ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

गृह मन्त्रालयअन्तर्गतको प्राधिकरणले बुधबार बिहान ९ बजेसम्म सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी विवरणअनुसार रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० र चितवनमा ३४८ जनाको शव फेला परेको छ। यसमा विभिन्न मानव अङ्गसमेत समावेश छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

उक्त सहयोग रकमको चेक कम्पनीका सञ्चालक श्री कमलेश कुमार अग्रवाल, पूर्व अध्यक्ष श्री गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्...
बाढी प्रभावित त्रिभुवन त्रिशुली मावि तत्काल सञ्चालन गर्न चौधरी फाउण्डेसनको सहयोग

बाढी प्रभावित त्रिभुवन त्रिशुली मावि तत्काल सञ्चालन गर्न चौधरी फाउण्डेसनको सहयोग

चौधरी फाउण्डेसनले उक्त विद्यालयमा डिजिटल क्लासरूमको अवधारणाअनुसार कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन लागेको हो । यसका लागि आवश्यक पर्ने स्मार्ट बोर्ड, डेस्कटप, ल्यापटप, प्रोजेक्टर तथा इन्टरनेटको व्यवस्था मिलाइनेछ...
माटोमुनि शव, अस्पतालमा डीएनए नमुना संकलन (तस्बिरहरू)

माटोमुनि शव, अस्पतालमा डीएनए नमुना संकलन (तस्बिरहरू)

नेपाल प्रहरीको महाराजगञ्जस्थित अस्पतालमा नमुना दिनेहरुको भीड छ ।
पश्चिम नवलपरासीमा १३३ शव व्यवस्थापन

पश्चिम नवलपरासीमा १३३ शव व्यवस्थापन

पश्चिम नवलपरासीमा १३३ जनाको शव व्यवस्थापन गरिएको छ ।